arrow

हार्डजोर्नी रोगको निशुल्क तीन दिने शिबिर म्याग्दीमा सुरु

logo
निर्मल खत्री,
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
orthopedic-camp.jpg.jpeg
म्याग्दी। म्याग्दी जिल्ला अस्पतालमा शुक्रवार देखि तीन दिने हार्डजोर्नी रोगको निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ।
 
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौको आयोजना म्याग्दीमा क्रियाशिल लाईन्स लियो क्लव अपाङ्ग संघ म्याग्दी लगायतको सह–आयोजनामा उक्त शिविर संञ्चालनमा आएको हो। 
 
मानविय सेवामा सर्मपित लाईन्स क्लवहरुको सहयोगले म्याग्दीका आर्थिक अवस्थाका कारण  कुनै पनि समस्याका कारणले उपचार नपाई घरमा बसेका हार्डजोर्नीका रोगिहरुलाई निशुल्क शल्यक्रियाको शिविर संञ्चालन गरिएको लाईन्स क्लव अफ बेनी सिटीका अध्यक्ष सुबिन  श्रेष्ठले जानकारी दिए।
 
शिविरको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले म्याग्दी मानबिय सेवाको कार्यमा सबे भन्दा उत्कृष्ट पाएको बताउदै शिविरलाई राम्रो र उपलब्धीमुलक बनाउने र रोगीहरु बढे्को अवस्थामा केही दिन समेत थप गरि उपचार गराउनु पर्ने बताए भएको छ। 
 
लाईन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष कुविरकुमार श्रेष्ठको अध्यक्षता सचिव लाईन्स चन्द्रप्रकाश बराईलीको संञ्चालनमा सम्पन्न भएको कार्यक्रमा अप्रेशनका प्रमुख  डाः युवाराज खनाल, डाः अनिल श्रेष्ठ ,डाः रेमी हेरीच लगायतले बोलेका थिए। शिविरमा म्याग्दी बाग्लुङ्ग पर्वत लगायतका जिल्लाका बिरामीहरु पनि आभान्वित हुने छन। शिविरमा हडि भाचिएर नमिलेको बांगो भएको लगायत हडि सम्बन्धी शल्यक्रिया गरिने आयोजकले बताएको छ। 
शल्यक्रिया गर्दा रगत आवश्यक पर्ने हुनाले शिविरलाई लक्षित गरि बिहिवार रत्तदान कार्यक्रम गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ