arrow

प्रियंका कार्की र आयुसमानको म्युजिक भिडियो सार्वजनिक

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
Kanchhi-music-video.jpg

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको आफ्नो राम्रो पहिचान बनाई दर्शक र श्रोताको मनमुटुमा बस्न सफल सुमधुर स्वरकी धनी लोकप्रिय गायिका अञ्जु पन्त र गायक नरेश बुढाथोकीको स्वरमा ‘कान्छी हो कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की र आयुषमान देशराजको अभिनय रहेको छ । त्यसैगरी भिडियोमा बाल कलाकार नेहा बुढाथोकीको पनि अभिनय रहेको छ ।

युट्युवमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियो २४ घण्टा नपुग्दै झण्डै दुई लाखले हेरिसकेका छन् ।

गायक तथा संगितकार इन्द्र आरपीको शब्द तथा संगित रहेको उक्त म्युजिक भिडियोको निर्देशन भने एलिन श्रेष्ठले गरेका हुन् ।

शिवराम श्रेष्ठले छायांकन गरेको उक्त म्युजिक भिडियोको कोरियोग्राफर राजिव समर र एरेन्ज सञ्जिव बराइलीले गरेका हुन् ।

भिडियो:

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ