arrow

सन्दिपले जुत्तामा लेखे ‘भिजिट नेपाल २०२०’

अष्ट्रेलियामा बीबीएल क्रिकेट खेलिरहेछन् सन्दिप

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
Sandeep-shoes-ad.jpg

काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा जारि बीग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगितामा आफ्नो जुतामा नेपाल भ्रमण बर्ष २०२० लेखेर प्रचार गरेका छन्। 

पर्यटन मन्त्री अष्ट्रेलियामा विवादित भएकै बेला लामिछानेले भने भ्रमण बर्षको स्पष्ट सन्देश प्रवाह गरेका छन्। त्यसैगरि उनले अष्ट्रेलियामा भइरहेको आगलागीमा परेकाहरुको सम्झनामा ‘बुस फायर हिरोज’ लेखेका छन्।

नेपालले सन् २०२०लाई भ्रमण बर्षका रुपमा मनाईरहेको छ। अष्ट्रेलियामा बीबीएल खेलिरहेका सन्दिपले आफ्नो जुत्ताका लागि प्रायोजक खोजिरहेका थिए।

मेलबोर्न स्टार्सबाट खेलिरहेका सन्दिपले आफ्नो जुत्तामा प्रायोजक नपाएको स्थितीमा मार्करले भ्रमण बर्ष र बुश फायर हिरोज लेखेर बुधबारको सिड्नि स्टार्स बिरुद्ध खेल खेलेका हुन्।

पर्यटनमन्त्री योगेश भट्टराई पनि अष्ट्रेलियामा रहेर भ्रमण बर्ष २०२०को प्रचारका क्रममा विवादित बनेका थिए। अष्ट्रेलियामा आगो लागिरहेको बेलामा प्रचार गर्नु संवेदनहिनता भएको भन्दै धेरैले बिरोध गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ