arrow

पूर्वका व्यवसायीहरूमा क्रिकेटको क्रेजः जो व्यवसाय छाडेर खेल हेर्न दौडन्छन्

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
cricket-nepal-new-pic.jpg.jpeg
काठमाडौ। नेपालमा पछिल्लो समय नेपाली क्रिकेटका खेलाडिहरूको अथक प्रयास र उनीहरूको लगनशीलकाका कारणले नेपाली क्रिकेटले एउटा नयाँ उचाई भेटेसँगै क्रिकेट प्रति सामान्य नागरिकको समेत क्रेज बढ्दै गईरहेको छ। राष्ट्रिय क्रिकेट टोलीले दिएको यो सफलतको कारण नै भन्नुपर्ला नेपालीहरूमा अन्तराष्ट्रिय क्रिकेट खेल प्रतिको मोह पनि दिनानुदिन बढ्दै गईरहेको छ।
 
नेपाली क्रिकेटको लागि सबैभन्दा उर्भर भूमि हो नेपालको पूर्वी क्षेत्र। पूवी नेपालमा देखिएको नेपाली क्रिकेटको क्रेज यति बढी छ कि उनीहरू सम्भव भएसम्म आफ्नो व्यवसाय समेत विर्सिएर क्रिकेटको खेल हेर्न जाने गरेको बताउँछन्। बैशाख ४ गते र ६ गते काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजनको यता काठमाडौंको तयारीमा रही रहँदा तराईका व्यवसायीमा भने क्रिकेटको माहोलको विषयमा कस्ता धारणाहरू रहेका छन् त ? हाम्रा कुरा डटकमले गरेको कुराकानीमा आधारितः 
 
उमेरमा धेरै खेलियो, क्रिकेट हेर्न व्यवसाय छाडेरै गईन्छ 
कृष्ण कुमार अग्रवाल, उपाध्यक्ष, सुनसरी उद्योग वाणिज्य संघ 
क्रिकोटको कुरा गर्दा त हामी सानैदेखि क्रिकेट खेल्दै आएकै हो । हामीले नै जिल्ला खेलकूदको लागि युवा संगठनको समेत विकास गरेकै हौँ। सानो मा त धेरै क्रिकेट देलिन्थ्यो। तर अहिले हेर्न भने ज्यादै हेरिन्छ। हामीले नेपाली क्रिकेटरहरूलाई दिएको सुविधा अहिले सन्तोषजनक छैन। हामीले अहिलेको अवस्थामा १५-१६ वर्ष उमेरका क्रिकेटरहरूलाई वढी महत्व दिएर अघि बढ्ने हो भने प्रतिफलको लागि हामीले धेरै चिन्ता लिई रहनुपर्ने अवस्था नै छैन। हाम्रा १९ वर्ष उमेरका क्रिकेटरहरूले देखि हाल्नुभयो कस्तो राम्रो प्रस्तुती देखाएका छन्। तर, म त के भन्छु भने हामीले दुनिया कुरा सोचेर क्रिकेटमा व्यवयाइकरण भित्र्याउने भनेर बढी गफ दिना थाल्यौ भने खेलाडीको वृत्ति विकासमा पनि असर पर्ने गर्दछ। त्यसैले हामीले अहिले भनेको मात्रै खेलाडीको विकासको लागि आफ्नो सामथ्र्य खर्च गर्नुपर्छ। अहिले क्रिकोटको विकास गर्ने संस्थाहरू नै चरम विवादमा फस्न थालेपछि कहिले विकास हुन्छ क्रिकेटको ? हाम्रो सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रा दक्ष खेलाडिहरू पनि बाहिर जाने स्थिती बढीरहेको छ । त्यसलाई रोक्नु पर्छ । यसमा आम सञ्चारको पनि धेरै महत्वपूर्ण भूमिका रहन्छ जस्तो मलाई लागिरहेको छ । 
 
अरूराष्ट्रसँग मैले नेपाली क्रिकेटको पनि तुलना गर्ने गरेको छु 
राजेन्द्र लयालू, अध्यक्ष, खोटाङ उद्योग वाणिज्य संघ
मेरो नेपाली क्रिकेटको क्रेजको कुरा गर्ने हो भने यस विषयमा मैले पनि चासो दिने गरेको छु। तर समय व्यवस्ताको कारणले मैले स्टेडियममा नै पुगेर खेल हेर्न भने भ्याउने अवस्था छैन। 
अहिले कम हेरिन्छ तर पहिलेृ त हामी पनि कत्ति हो कत्ति नि क्रिकेट हेर्ने त। तर अहिलेको नेपाल क्रिकेटले यत्ति धेरै विकासु गर्दा पनि यसमा सरकारले धेरै चासो नदिँदा भने कहिलेकाँही चिन्ता लागेर आउँछ। तर, खेल्ने युवाहरूले हो त्यसैले युवा पक्षलाई हामीले विशेषच प्राथमिकतामा राखेर काम गर्नुपर्छ।
 
क्रिकेट मेरो पुख्यौली खेल
सोमनाथ अधिकारी सचिवालय प्रमुख, मोरङ उद्योग वाणिज्य संघ
नेपालको क्रिकेट भएसम्म त अरू क्रिकेट हेरिँदैन। नेपालको क्रिकेट नभएको खण्डमा भने हामी विदेशी क्रिकेट पनि चासो दिएरै हेर्ने गरेका छौं। अहिले व्यवसायिकताको क्षेत्रमा पनि धेरै विकास भईसकेको छ। नेपाल टेलिकम लगायतले यसको विकासको लागि स्पन्सरसिपको विकास गर्दै धेरै प्रगतिको लागि सहयोग गरिरहेको छ। सामान्य तयाँ त टेलिभिजनमा नै हेरिन्छ। तर, नजिकै खेल भएको खण्डमा भने हामी कहिलै पनि छुटाउने गरेका छैनौं।
समय अभावले खासै हेर्ने गरिएको छैन, तर क्रिकेट बुझ्छु 
 
पवन कुमार शारदा अध्यक्ष, मोरङ मर्चेन्ट संघ
नेपाली क्रिकेटको कुरा गर्द बुझिने भएपनि खासै हेर्न भने भ्याउने गरिएको छैन। क्रिकेटका खेलहरूको विषयमा समाचार सुन्नेदेखि रिजल्ट हेर्नेसम्मकाममा त कान ठाडो बनेर अघि बढ्छ तर सानातिना खेलबाहेक विश्व्कपहरू चाहि मैले हेर्ने गरेको छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ