arrow

चर्चित कलाकारहरु ओहायोमा, ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाईस कप’ सम्पन्न

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार

ओहायो । यसै साता जनवरी ४ तारिखमा अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा ‘मेरो डान्स कप’ चौथो संस्करण र ‘मेरो भ्वाईस कप’ दोस्रो संस्करणको उदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ । 

समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिईओ) डिल्ली अधिकारी,बरीष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ति बालेर गरेका थिए । 

बिश्वभर छरिएर रहेका नेपालीभाषी तथा नेपालीहरुलाई जोड्ने बृहत अभियानसंगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफु र आफ्नो सस्थाले यो अभियान थालेको काय्रक्रम प्रमुख डिल्ली अधिकारीले सो अवसरमा जानकारी गराए। समारोहमा एक्रोन स्थित कायाहोगा फल्सका मेयर डन वाल्टर्स , कार्य्रक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताल लगायतले मन्तब्य राखेका थिए । 

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका कलाकारहरु, नेपालबाट आएका कलाकार, स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएका बिगतका सिजनका बिजेता कलाकारहरुले कार्यक्रममा आ आफ्नो प्रस्तुती देखाएका थिए । 

वरिष्ठ गायक प्रकाश श्रेष्ठ, वरिष्ठ लोक गायकद्वय प्रेम राजा महत तथा नविन कुमार खड्का, नायक  दिलिप रायमाझी, सुशिल छेत्री, मुकेश ढकाल, गायिका सपनाश्री अन्जु पन्त, नायिका सारंगा श्रेष्ठ, पूजा चन्द , मेलिना मानन्धर,अरुणिमा लम्साल, केकी अधिकारी, गायक शिव परियार, जगदीश समाल, बाबु बोगटी, महेश थुलुङ्ग ,किशोर सिवाकोटी, किरण गजमेर राजु लामा (द एन्जल्स) ,हास्यकलाकार सन्दिप छेत्री लगायतले आफ्नो जोडदार प्रस्तुति दिएको सो कार्य्रक्रममा करीब पन्ध्र सयको संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।

८ घण्टासम्म चलेको सो कार्य्रक्रम संगै ‘मेरो डान्स कप’ चौथो संस्करण र ‘मेरो भ्वाईस कप’ दोस्रो संस्करणमा सहभागीताका लागि फर्म पनि खुल्ला गरिएको छ । इच्छुक ब्यक्तीहरुले सहभागीताका लागि ‘मेरो डान्स कप’ को फेसबुक पेजबाट आबेदन दिन सक्नेछन् । 
 
अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपालीभाषीहरुले यि प्रतियोगीताहरुमा भाग लिना पाउने छन् । बिजेतालाई टोयोटा कार, सुनको कपसंगै थुप्रै आकर्षक पुरस्कारहरु प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलिप रायमाझीले जानकारी गराएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ