arrow

नाना पाटेकर र आसाराम उस्तै, करोडौं रुपैयाँ हिनामिनाको आरोप

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
tanishree-.jpg

काठमाडौं ।  कुनै समय नाना पाटेकरले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी तनुश्री दत्ता चर्चामा थिइन्  । यसपछि उनले लगातार नाना पाटेकरबिरूद्ध बयान दिइन् । तनुश्री दत्ताले फेरि नाना पाटेकरबिरूद्ध बोलेकी छन ।

तनुश्रीले नानालाई आसाराम बापूसँग तुलना गरेका छन्। उनी भन्छिन् दुबै सेतो कुर्ता लगाउँछन्। तनुश्रीले भनिन्, 'मानिसहरूलाई मूर्ख बनाउन एकदम सजिलो छ, तपाईले केवल गान्धी टोपी र सेतो कुर्ता लगाउनुपर्दछ, आसारामले पनि सेतो कुर्ता लगाउछन्।'

तनुश्रीले नानाकोबिरूद्ध मुद्दा दायर गरेकी थिइन् । सो मामिलामा नाना पाटेकरबिरुद्ध कुनै प्रमाण नभेटिएको प्रहरीले बताएको थियो । प्रहरीले मामिला बन्द गर्न पनि रिपोर्ट पेश गरेको छ।

प्रहरीले फाइल गरेको बी सारांश रिपोर्टको बिरूद्ध अभिनेत्रीले पुन: निवेदन दिएकी छन। यसमा तनुश्रीले भनिन्, "यदि तपाईसँग पैसा छ भने तपाईले न्याय र सम्मान दुबै पाउनुहुनेछ।"

नानालाई धोखाधाडिको आरोप लगाउँदै तनुश्रीले भनिन्, 'नानासँग नाम फाउण्डेशन मार्फत संकलन गरिएको पैसा छ। उनी  किसानहरूको उद्धारका लागि कर्पोरेट क्षेत्रबाट करोडौं रूपैयाँ लिन्छन्। के तपाईंलाई थाहा छ उनीहरूले किसानहरूमा खर्च गर्छन् कि गर्दैनन्?'

उनका अनुसार नानाले आफ्नो छवी सानो घरमा रहने गरिबको जस्तो देखाउछन् । नानाले बाढीपीडितहरूका लागि ५०० घरहरू बनाएका थिए मैले सुने , तर कसैले यसको अनुसन्धान गर्‍यो?'

तनुश्रीले निर्भया मामिला बारे कुरा गर्दै भनिन्, 'म अदालतको निर्णयलाई स्वागत गर्दछु। त्यस्ता  मानिसहरूलाई सार्वजनिक रूपमा फाँसी दिइनुपर्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ