arrow

पर्यटन प्रवद्धनमा रमाईलो मेला

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ पुष २४ बिहिबार
press-meets.jpg

स्याङ्जा । वालिङ नगरपालिका तथा आसपासका क्षेत्रहरुमा भएका पर्यटकीय सम्भावनाको पहिचान, प्रवद्र्धन, सम्बर्धनका लागि भन्दै प्रथम वालिङ साँस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ हुने भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि नेपाल सरकारले भ्रमण बर्ष २०२० शुरु गरेको कार्यक्रमलाई लक्षित गरेर वन्डरफुल वालिङ पर्यटन विकास समितिले पत्रकार सम्मेलन गरेर मेला आयोजना गर्ने जनाएको हो ।

 माघ ९ गते देखि १९ गते सम्म चल्ने पर्यटन रमाईलो मेलाले वालिङ भित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने छ । वालिङलाई पर्यटन क्षेत्रको हब बनाउने हाम्रो अभियान हो प्रथम वालिङ साँस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेलाका संयोजक आशिष प्रताप खाँणले भने,“सरकारले ल्याएको कार्यक्रमलाई पनि सघाउ पुग्ने र वालिङ पर्यटकीय क्षेत्रको गन्तव्य हुनेछ ।” यो मेला बिसुद्ध व्यपारीक भन्दा पनि पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्ने मेला हुनेछ खाँणले भने ।

बचत भन्दा पनि खर्च र आम्दानीलाई बराबर हिसावले गर्न लागिएको यो मेलाले वालिङ लगायत स्याङ्जाको पहिचान बनाउनेमा आयोजक विश्वस्थ छन् । १ सय ५० स्टल रहने मेलामा व्यापारीक स्टल भन्दा पनि अबलोकन गर्ने र पर्यटन क्षेत्रलाई टेवा पुग्ने खालका रहने खाँणले बताए ।

 ‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना गरेको मेलामा माउण्टेन साईकल र्‍याली, पञ्चेबजा प्रतियोगिता, फोटो प्रदर्शनी, जलविहार, खेलकुद लगायत मेलाको आकर्षणका रुपमा रहेको वन्डरफुल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए । वालिङलाई पर्यटन प्रवद्धनमा टेवा पुग्ने काम गर्दै आएको यो संस्थाले सरकारले लक्षित राखेको २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यलाई सघाउन यो पर्यटन मेला आयोजना गरिएको अध्यक्ष नेपालले बताए ।

वालिङमा रहेका पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन सहित उत्पादनमा यो मेलाले जोड दिनेछ अध्यक्ष नेपालले भने,“वालिङ पर्यटन क्षेत्रको गन्तव्य बनाउने उदेश्य हाम्रो हो ।” पर्यटन उद्योगको विकास गर्दै वालिङ नगरीलाई आर्थिक, सामाजिक रुपले अगाडी बढाउनु मुलभुत बिषय हो उनले भने ।

वालिङ नगरपालिका भित्र संचालनमा रहेका होमस्टेको प्रवद्धनमा समेत यो मेलाले सहयोग पुग्ने आयोजकले दावी गरेको छ । आन्तरिक पर्यटक र बाह्रय पर्यटकलाई होमस्टेमा रमाउन र नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रमा घुम्ने व्यवस्था समेत मिलाएको आयोजकले जनाएको छ । पर्यटकीय क्षेत्रको सम्भावनै सम्भावना भएको वालिङका लागि यो मेलाले ठुलो टेवा पुर्‍याउनेमा स्थानीयको भनाई छ ।

 स्थानीय युवाहरुले वालिङलाई पर्यटकीय गन्तव्य बनाउन गरेको यो प्रयासमा स्थानीय, प्रदेश र संघिय सरकारले सघाउ गरेमा सरकारले शुरु गरेको भ्रमण बर्ष २०२० लाई सार्थकता तुल्याउने छ । वालिङको कल्चर, एडभान्चर र नेचरलाई विश्व सामु पुर्‍याउने प्रयास सहित मेला हुन लागेको संस्थाका सचिव मोहोन गुरुङ्ले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ