arrow

मनाङ र मच्छिन्द्रका आधा दर्जन खेलाडीलाई प्रतिबन्ध, मनाङका म्यानेजरलाई लिगका सबै खेलमा प्रतिबन्ध  

आर्मी पहिलो पटक शीर्ष स्थानमा 

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
manang-machhindra.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधिका दुई दावेदार क्लबहरु मनाङ मस्र्याङ्दी र मछिन्द्रका आधा दर्जन खेलाडीहरु प्रतिबन्धमा परेका छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाले खेल लगत्तै झै–झगडामा उत्रने मनाङ र मच्छिन्द्रका समान ३–३ खेलाडीलाई लिगको खेलमा प्रतिबन्ध लगाएको हो ।

गत सोमबार दशरथ रंगशालामा दुई टिम आपसमा खेलेपछि खेल सकिनासाथ मैदानमै खेलाडीहरुले हानाहान गरेका थिए । प्रहरी नै मैदानभित्र गएर खेलाडीहरुलाई छुट्याएको थियो । 

सामान्यतया प्रहरी मैदानमा जानु राम्रो मानिँदैन । 

पछिल्लो समय अनुशासनको बिषयमा कडा निर्णय गर्दै आएको एन्फाले दुवै क्लबका ६ खेलाडी र एक अफिसियललाई लिग खेलमा प्रतिबन्ध सहित आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो । 

बिहीबार एन्फाले आफ्नो वेभसाइटमा उक्त निर्णय राख्दै एन्फाको अनुशासन कमिटिले मनाङ र मछिन्द्रका समान ३ खेलाडीलाई आर्थिक जरिवाना सहित प्रतिबन्ध लगाएको जनाएको हो ।  

जसमा मनाङका एक अफिसियल समेत रहेका छन् ।

कार्वाहीमा पर्नेहरु यी हुन्–

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्ध सहित १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अशोक बराललाई ६ खेल सहित १० हजार जरिवाना गरिएको छ । उनले रातो कार्ड समेत खाएका थिए । सोही कारण उनले लिगका ६ खेल गुमाउने छन् । मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध गरिएको छ ।

यस्त, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध गरिएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ ।

एन्फाले दुवै क्लबलाई समान ५० हजार जरिवाना गरेको छ । ए डिभिजन लिगमा यो क्लब र खेलाडीहरुमाथि लगाएको ठूलै कार्वाही हो । 

शहीद स्मारक लिगमा आर्मी पहिलो पटक शीर्ष स्थानमा 
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौं चरणको खेलको समाप्तिसम्म शीर्ष स्थानमा पुग्न सफल भएको छ । पहिलो पटक शीर्ष स्थानमा पुगेको आर्मीले बिहीबार सरस्वती युथ क्लबलाई हरायो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले सरस्वतीलाई १–० गोलले पराजित गरेको हो । आर्मीका लागि पहिलो आफमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरेका थिए । 

उनले खेलको ३०औँ मिनेटमा दिनेश हेन्जनको पासमा गोल गरेका थिए । दोस्रो हाफमा आर्मीले निकै प्रयास गरे पनि गोल गर्न भने सकेन । उक्त खेलमा आर्मीका विकास खवास ‘म्यान अफ दी म्याच’ घोषित भए । 

अंक तालिका

आर्मी पाँचौँ चरणको खेल सकिँदासम्म पाँच खेलमध्ये चारमा जित तथा एउटामा हार बेहोर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा पुग्न सफल भएको हो । डिफेन्डिङ च्याम्पियन मनाङ ११ अंकसहित दोस्रो स्थानमा छ । 

मच्छिन्द्र क्लब र थ्रीस्टार क्लबको समान १०–१० अंक छ । 

जावलाखेलको ९, पुलिसको ८, संकटाको ७, बीबीसीको ६, एनआरटी र च्यासलको ५–५ अंक छ । 

सशस्त्रको एपिएफको ४, हिमालयनको ३, फ्रेन्ड्सको २ अंक छ । 

सरस्वती युथ क्लब अहिलेसम्म जितबिहीन अवस्थामा छ । 

छैटौं चरणका खेलहरु शनिबारदेखि दशरथ रंगशालामा खेलिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ