arrow

मेस्सीको गोलले पनि टरेन बार्सिलोनाको हार 

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
messi53.jpg

काठमाडौं । चर्चित खेलाडी लियोनल मेस्सीले गोल गरेर पनि बार्सिलोनालाई सुपर कप फुटबलमा जिताउन सकेनन् । बिहीबार र राति भएको खेलमा मेस्सीले गोल गरे पनि सुपर कपको सेमिफाइनलबाट बार्सिलोना बाहिरिएको छ । 

बार्सिलोनालाई ३–२ गोल अन्तरले हराउँदै एट्लेटिको मड्रिड सुपरकपको फाइनलमा प्रवेश गरेको छ । एन्जिल कोरियाले अन्तिम समयमा गोल गर्दै एट्लेटिकोलाई फाइनलमा पुर्याएका हुन् । 

हाफ टाइमसम्म गोल नभएको खेलको ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए । 

खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै एट्लेटिकोलाई जिताए । 

एट्लेटिकोले अब उपाधिका लागि रियाल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियाल बुधबारको खेलमा भ्यालेन्सियालाई हराउँदै फाइनलमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ