arrow

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कर्मचारी अभाव

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ पुष २५ शुक्रबार
sudurpaschim-cabinet.jpg

धनगढी । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव सिर्जना भएको छ । ५२ जना दरबन्दी रहेको मन्त्रालयमा अझै १७ जना कर्मचारीको पुर्ति हुन सकेको छैन ।

अधिकृत भन्दा माथिल्लो तहका कर्मचारीको समेत दरबन्दी पुर्ति हुन नसकेपछि मन्त्रालयको दैनिक कार्यमा समस्या आउन थालेको छ । मुख्यमन्त्री कार्यालयमा हाल ५१ जना कर्मचारीको दरबन्दी  छ । जस मध्ये ३५ जना कर्मचारी मात्र मन्त्रालयमा उपलब्ध छन ।

तीन जना सहसचिब मध्ये एकको दरबन्दी रिक्त छ । छ जना उप सचिब मध्ये छ जनाकै दरबन्दी रिक्त अबस्थामा छ । आठ जना शाखा अधिकृत मध्ये चार जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयका सुचना अधिकारी जगदिश जोशीले जानकारी दिए ।

प्रदेसमा कर्मचारी ब्यबस्थापनको जिम्मा पाएको मन्त्रालयमा माथिल्लो तहकै कर्मचारीको दरबन्दी रिक्त भएपछि  कार्य सम्पादनमा समस्या हुने गरेको उनले बताए ।

आवश्यक कर्मचारी नहुदा एक जना कर्मचारीले दुई जनाको काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । मन्त्रालयमा सुब्बा र खरीदार तहका कर्मचारीको उपलब्धता रहेपनी अधिकृतदेखि माथिल्लो तहका कर्मचारीको पद पुर्ति हुन नसकेको हो ।

कर्मचारी समायोजनमा अधिकृत देखि माथिल्लो तहका कर्मचारीको आकर्षणमा प्रदेश सरकार पर्न नसकेका कारण समस्या देखिएको मन्त्रालयका सुचना अधिकारी जोशीले बताए ।

दरबन्दी अनुसार कर्मचारीको पुर्तिका लागि संघिय मामिला तथा स्थानिय प्रसासन मन्त्रालयलाइ पत्र पठाइसकिएको उनले बताए । प्रदेश लोक सेवा आयोग गठन र प्रदेश निजामती सेवा ऐन आएपछि समस्याको समाधान हुने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ