arrow

भारतीय खेलाडीलाई हराउँदै दाहाल फाइनलमा

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
prince-dahal.jpg

काठमाडौं ।  नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उनले भारतका अभिन वशिष्टलाई २–१ सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। प्रिन्सले पहिलो सेट २१–१८ अङ्कले जितेका थिए ।

 दोस्रो सेट उनले २०–२२ अङ्कले गुमाए। तेस्रो सेट २१–१७ अङ्कले आफ्नो पक्षमा पार्दै पिन्सले फाइनलमा स्थान बनाएका हुन् ।

प्रिन्सले शनिबार उपाधिका लागि शनिबार भारतीय खेलाडी मिरावा लेवाङसित खुल्नेछन्  ।

लेवाङले आज भएको  सेमिफाइनल खेलमा श्रीलङ््काका दुमिन्दु अवेविक्रमालाई २१–१२ र २१–८ अङ्कले हराउँदै उपाधिको दाबेदारी गरेका हुन् ।

 यस्तै यु १९ महिला एकलतर्फ भारतकी मिर तस्मिन फाइनलमा प्रवेश गरिन् । उनले नेपालकी निता लम्साललाई २१–९ र २१–९ अङ्कले पराजित गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ