arrow

ओमनका सुल्तान कबुसको निधन, नयाँ सुल्तान चयन

logo
एएफपी,
प्रकाशित २०७६ पुष २६ शनिबार
oman-sultan-qaboos.jpg

मुस्कात। अत्यधिक धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने ओमनका सुल्तान कबुसको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा शुक्रबार निधन भएको शाही उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। आधुनिक अरबी देशका शासकमध्ये उहाँ धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गर्नुभएको हो । उहाँले आफ्नै पितालाई अपदस्त गरेर शासन लिएका थिए।

उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए। क्यान्सरकै कारण अहिले उहाँको निधन भएको बताइएको छ। उनी अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उत्तराधिकारी पनि कसैलाई नतोक्नु भएको अधिकारीले बताएका छन्। उनले कसैलाई नतोकेपछि पारिवारिक बैठकबाट उनकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ।

संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन्। “हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथ ग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ।

अधिकांश विश्लेषकले कबुसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए। सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रुपमा हेरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ