यूक्रेनी विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु : इरानी सैनिक कमाण्डर
'मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो'
एएनआई,
प्रकाशित २०७६ पुष २६ शनिबार
640
Shares
तेहरान। इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन्। दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको उनले शनिबार बताए।
विमानमा चालकदलका नौ सदस्यसहित १७६ जना यात्रुको निधन भएको थियो। उक्त विमानमा ८२ इरानी, ६३ क्यानेडाली, ११ यूक्रेनी, १० स्वीडेनी, चार अफगानी र तीन तीन जना जर्मन तथा बेलायती रहेका थिए।
आइआरजीसीका ब्रिगेडियर जनरल अमिर अलि हाजिजादेहलाई उद्धृत गर्दै अरबी समाचार संस्था अलजजीराले लेखेको छ, “मैले दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु र जुन निर्णय लिइन्छ त्यसको पालना गर्नेछु। मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो।”
सुरूमा विमान दुर्घटना इरानले हानेको क्षेप्यास्त्रका कारण भएको भन्ने पश्चिमी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतको दावीलाई अस्वीकार गरेपनि शनिबार विमानलाई ‘नचाहँदा नचाहँदै’ लागेको र दुर्घटनाग्रस्त भएको इरानले स्वीकार गरेको छ।
आकाशमा रहेको विमान ‘क्रुज मिसाइल’ जस्तो लागेपछि ‘गल्तिबस’ छोटो दुरीको (जमिनबाट आकाशमा हान्ने) मिसाइलले त्यसलाई खसालेको हाजिजादेहले बताए।