arrow

अमेरिकामा आँधीबेहरीले लाखौं प्रभावित, कम्तीमा आठ जनाको मृत्यु 

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
storm-usa.jpg

काठमाडौं । अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन् । भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् । 

यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन् । हजारौंलाई सुरक्षित स्थलमा सारिएको छ । 

हजारौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवा ठप्प भएको छ । तीव्र गतिको हावाका कारणले गर्दा सयौं हवाइ उडान रद्द भएका छन् ।  

सिकागागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु भएका छैनन् । यता मध्यपश्चिमी अमेरिकामा पनि असर पर्ने चेतावनी मौसमविदहरुले दिएका छन् । 

भारी वर्षा र आँधीबेहरी अझ केही दिन रहने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ