arrow

नेपालमा तत्कालै ४२ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने – उर्जा मन्त्री पुन

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
minister-pun-2.jpg

यूएई । अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरेना) को १० औं वार्षिक सम्मेलन संयुक्त अरब इमेरेट्को अबुधावीमा शनिबार सुरु भएको छ । 
विश्वका १ सय १० भन्दा बढी मुलुकका उर्जामन्त्रीहरुको सहभागिता रहेको सम्मेलनमा नेपालबाट उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्त नेतृत्वको पाँच सदस्यीय टोली सहभागी छ । 

यस्तै प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी पनि सहभागी छन् । 

सम्मेलनको उद्घाटन शत्रपछि आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री पुनले नेपाल नवीकरणीय उर्जाको श्रोतमा धनी रहेको बताए । 

मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दीर्घकालिन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराए । 

आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न सकिने सम्भवना रहेको उनले औंल्याए । 

हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा रहेको र २५ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु र ६ सय मेगावाट सौर्य उर्जा निर्माण क्रममा रहेको जानकारी दिए । 

यस्तै  १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेको उनको भनाइ थियो । ८८ प्रतिशत जनताको विद्युतमा पहुँच पुगेको छ र त्यसमध्ये करिब १० प्रतिशत योगदान  नवीकरणीय उर्जा (साना जलविद्युत आयोजना, सोलार) बाट भएको उल्लेख गरे । मन्त्री पुनले नवीकरणीय उर्जाको क्षेत्रमा इरिनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी , शुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन आइरेनालाई विशेष आग्रह गरे । 
सम्मेलन प्रभावकारी र नतिजाउन्मुख योजना बनाउन तथा बजेट तय गर्न प्रभाव सक्षम हुने विश्वास व्यक्त गर्दै मन्त्री पुनले सम्मेलन पूर्ण सफलताको कामना गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ