कालिन्चोक दर्शन प्रालिको नेतृत्व बालकृष्ण सिवाकोटीलाई
प्रकाशित २०७६ पुष २७ आइतबार
598
Shares
काठमाडौं । कालिन्चोक दर्शन प्रालिको नेतृत्व बालकृष्ण सिवाकोटीको हातमा गएको छ । कालिन्चोक दर्शन प्रालिको पाँचौं साधारण सभाले सिवाकोटीलाई नेतृव सुम्पेको हो ।
दोलखाका युवा व्यवसायी एवं समाजसेवी सिवाकोटी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
संचालकहरुमा मार्कन्ड्य अधिकारी, रमेश शिवाकोटी लगायत सर्वसम्मत भए । आर्थिक प्रतिवेदनलगायत भावी योजनाहरु सर्वसम्मत ढंगले पारित भएको उक्त कार्यक्रममा नेकपा नेता देवी ज्ञवालीद्धारा शुभकामना मन्तव्य दिइएको थियो ।
करिब ३२ जनालाई पूर्णकालिन रोजगारी दिएको दर्शन प्रालिले जनाएको छ। केबलकार निर्माण भएको कारण दोलखामा आन्तरिक प्रयटक र बाह्य प्रयटक प्रबधन भएको र आगामी दिनमा सामाजिक कार्यहरुमा पनि सहभागी हुने साधारण सभाका अध्यक्ष मार्कण्ड्य अधिकारीले बताए ।
कार्यक्रममा सेयर धनी प्रमाणपत्र वितरण भएको थियो । सेयर धनी गणेश शिवाकोटीका अनुसार आगामी दिनमा वृद्ध र असक्तहरुको कालिन्चोक दर्शन गर्ने इच्छा पूरा गर्न निःशुल्क सेवा प्रदान गर्ने बताए ।