arrow

सिजीका घरायसी सामाग्रीहरुको माग जाडोमा बढ्दो

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
CG-Winter-Appliances.jpg

काठमाडौ । सिजीले जाडोलाई लक्षितगरी विभिन्न किसिमका नयाँ नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । डिलरहरुको अनुसार सिजिका सामानहरु सोचे भन्दापनि बढि बिक्री भएको बताएका छन् ।

जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए । रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ ।

जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजीले तपाईको बजेटलाई ध्यानमा राखि ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ । त्यसैगरी केही समयमा नै कुनै झन्झट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् ।

तातिएका पानीलाई लामो समय सम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको सिजीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ