arrow

कल्पनाले पहिरिइन् ‘मम्मी डान्स प्रतियोगिता’ को ताज

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
kalpana-gyawali-mummy.jpg

बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छिन् ।

चौंथो राष्ट्रिय सैनामैना कृषि ,पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । उनलाई ताज, नगद २० हजार रुपैयाँ, प्रमाणपत्र सहित सम्मानपत्र प्रदान गरिएको छ । 

सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली कांग्र्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी, संघका सचिब हिमाल गैरे, डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् ।

उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए । 

डुमे्र यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

त्यस्तै महोत्सवमा राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा, शारदा पगेनी, पुरुषोत्तम पौडेल, रविना बस्याल लगायतको प्रस्तुती, डान्स आइडल समेत भएको सास्कृतिक उपसमिति संयोजक हिमाल गैरेले बताए ।

२ सय २० स्टल रहेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिए । 

राष्ट्रिय ‘आर्थिक विकासका राष्ट्रिय आधार स् कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव माघ ६ गतेसम्म संचालन हुने प्रचारप्रसार संयोजक लोकनाथ अधिकारीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ