arrow

स्पेनिश सुपर कपको उपाधि रियाल मड्रिडलाई 

logo
प्रकाशित २०७६ पुष २८ सोमबार

काठमाडौं । स्पेनिश सुपर कप फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । आइतबार राति एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियालले सुपर कपको उपाधि उचालेको हो ।

रियाल पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले विजयी भयो । 

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

अतिरिक्त समयमा भने रियाल १० खेलाडीमा सिमिति बनेको थियो । फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

रियालले ११ औ पटक यो उपाधि उचालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ