arrow

अमेरिकी सैन्य इलाकामा फेरि हमला

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
iraq-attack.jpeg

काठमाडौं । अमेरिकी सैन्य इलाकामा फेरि हमला भएको छ । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको अमेरिकी सैन्य इलाकामा आइतबार ४ वटा रकेटबाट हमला भएको हो । 

न्यूज एजेन्सीका अनुसार अल–बलाद एयरबेसमा भएको हमलामा चार इराकी वायु सैनिक घाइते भएका छन् । 

यो एयरबेस अमेरिकी सैनिकहरु बस्ने क्षेत्र हो । तर इरान र अमेरिकाबीचको हालै चलिरहेको तनावपछि अमेरिकी सैनिकहरुले पहिले नै त्यो क्षेत्र छाडेका थिए । 

अमेरिकी सैन्य क्षेत्रमा ६ दिनको अवधिमा गरिएको यो तेस्रो हमला हो । यो हमलापछि अमेरिका आक्रामक हुँदै गएको छ । 

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आक्रामक शैलीमा ट्वीटरमा लेखेका छन्, ‘इराक सरकारका दुस्मन लगातार उसको स्वायत्तता उल्लंघन गरिरहेका छन् यो अब बन्द हुनुपर्छ ।’

गत ३ जनवरीमा अमेरिकाले इरानी कुद्स सेनाका जनरल कासिम सुलेमानीलाई मारेको थियो । 

त्यसपछि बदला लिने मनसायले इरानले ७ जनवरीमा इराकस्थित अमेरिकी सैन्य बेसमा २२ वटा मिसाइल प्रहार गरेको थियो । इरानले त्यहाँ ८० सैनिक मारिएको दावी गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने झुठो भनेका छन् । 

त्यस्तै ९ जनवरीमा ग्रीन जोनमा इरानले मिसाइल प्रहार गरेको थियो । बग्दादको अन्तर्राष्ट्रिय क्षेत्र जहाँ थुप्रै विदेशी दूतावास छन् त्यहाँ दुई ठूला मिसाइल प्रहार भएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्वीट गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले प्रतिवन्ध र विरोधले इरानलाई दिक्क लागेको दावी गर्दै उनीहरुलाई वार्ताका लागि वाध्य पार्ने बताएको जनाएका कछन् । 

उनले वार्ताका लागि इरानीहरुमा भर पर्ने पनि बताएका छन् । तर उनले आफ्नै प्रदर्शनकारीलाई नमार्न सुझाएका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ