arrow

कश्मीरमा आतंकवादीलाई कारमा भगाउने पुलिस अधिकारी गिरफ्तार 

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
kashmir-lead.jpg.jpeg

काठमाडौं । दक्षिण कश्मीरको पुलवामा जिल्लामा आइतबार सुरक्षा बल तथा आतंकवादीबीच भिडन्त भएको छ । त्रालको गलुशनपोरामा भएको मुठभेडमा हिजबुल मुजाहिदिन र जैश ए मोहम्मदसंग जोडिएका तीन आतंकवादी मारिएका छन् । 

मारिएका आतंकवादीबाट हतियार र गोलाबारुद बरामद गरिएको छ । त्यस्तै श्रीनगर एयरपोर्टमा एक पुलिस अफिसरलाई पक्राउ गरिएको छ । दुई जना आतंकवादीलाई आफ्नो कारमा लगिरहेको अवस्थामा उसलाई नियन्त्रणमा लिइएको हो । 

कश्मीरका आइजीपी विजय कुमारले श्रीनगर एयरपोर्टमा स्ट्राटेजिक एन्टी हाइज्याकिङ टिममा सहभागी एक वरिष्ठ अधिकारी देविन्दर सिंहलाई गिरफ्तार गरिएको हो । सिंहले आफ्नो कारमा राखेर दुई जना आतंकवादीलाई घाटीमा लगिरहेको थियो । 

सिंहमाथि आतंकवादीलाई गरिने कार्वाही हुने पनि जनाइएको छ । शनिबारसम्म सिंहको आतंकवादीसंगको साँठगाँठबारे कुनै जानकारी नभएको पनि भारतीय सुरक्षा निकायले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ