arrow

मेडिकल निर्देशिकाको धज्जी उडाउदै निजी स्वास्थ्य संस्था सञ्चालन

logo
राजन परियार,
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। जिल्लामा निजी अस्पताल, पोली क्लिनिक, डेण्टल क्लिनिक, औषधी पसलहरु र प्रयोगशालाहरु(ल्याव) मापदण्ड विपरीत नियम मिचेर सञ्चालन भइरहेका छन। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका–२०७० विपरीत निजी स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको भएपनि अनुगमनको जिम्मेवारी पाएको सम्बन्धीत निकायले नियमन गर्न सकेको छैन। जिल्लाका अधिकांश निजी स्तरका क्लीनीक र औषधीपसलहरुले निती र मापदण्ड पुरा गरेका छैनन्। 
 
कतिपय मेडिकलहरु दर्ता नै नगरीकन र अर्कै व्यक्तिको नामको दर्ता प्रमाणपत्र लिएर समेत सञ्चालन हुँदै आएका छन भने ति मेडिकलहरुले निर्देशिका अनुसार पुरा गर्नुपर्ने मापदण्ड र उपभोक्तालाई गुणस्तरिय सेवा समेत दिने गरेका छैनन्। 
 
निर्देशिकाले २५ शैया सम्मको अस्पताल जिल्ला स्वास्थ्य कार्यालयमै दर्ता हुन सक्ने व्यवस्था गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयले मापदण्ड नै पुरा नगरी आर्थिक चलखेलका आधारमा सञ्चालन अनुमति दिने तर सञ्चालन पछि उपभोक्ताको स्वास्थ्यसँग जोडिएको निजी स्वास्थ्य संस्थाले काम गरेका छन वा छैनन् अनुगमन नगर्दा जिल्लामा निजी स्वास्थ्य संस्थाहरुको मनोमानी बढ्दै गएको छ। जिल्लाका कतिपय मेडिकलहरुले अनुमति विना अवैध रुपमा ल्याव टेष्ट, एक्सरे, भिडियो एक्सरे, अल्ट्रासाउण्ड, इसिजी परिक्षण समेत गर्दै आएका छन। 
 
निजी स्वास्थ्य संस्थाहरुले सवै सुविधा दिने बहानामा विरामीहरुलाई प्रत्यक्ष असर पार्ने गरी तल्लो तहका प्राविधिकहरुबाट परिक्षण कार्यगर्ने र रिर्पोटमा चिकित्सकहरुको नाममा हस्ताक्षर समेत गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन। मेडिकलहरुले व्यबसाय एउटाको नाममा दर्ता गर्ने, काम अर्को व्यक्तिले गर्ने समेत गरेको पाइएको छ।  
 
स्वास्थ्य संस्थाहरुको नाममा खुलेका विभिन्न निजी मेडिकलहरुले निमुखा बिरामीमाथि औषधि उपचारका नाममा लुट मच्चाइरहेको स्थानीय उपभोक्ताहरुको गुनासो छ। स्वास्थ्यका नाममा बिरामीलाई अनावश्यक औषधि भिराउने मात्र नभई आवश्यकता भन्दा कडाखालका औषधीहरु समेत मेडिकलहरुले दिने गरेका छन जस्का कारण विरामीहरुमा दिर्घकालीन असर समेत पर्ने देखिएको छ। 
 
मेडिकहरुले निर्देशिका पुरा गर्नु त परै जाओस बिरामीसँग लुट मच्चाइरहेका छन। कुनै पनि क्लीनीक तथा औषधी पसलहरुलाई अहिलेसम्म कानुनको दाहेरामा ल्याउन सम्बन्धीत निकायले सकेको छैन। निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि व्यवसायका रुपमा अगाडि बढाइरहेको र धेरैभन्दा धेरै पैसा कमाउने भन्नेमा केन्द्रित हुने गरेको स्थानीयहरु बताउछन।  स्वास्थ्य क्षेत्र आफैमा एक संवेदनशील क्षेत्र भएपनि यस विषयमा कसैको पनि ध्यान जाने गरेको देखिदैन। जीवन र मरणको निर्णय हुने भएर पनि बिरामीले जति भन्यो त्यति नै शुल्क तिर्ने गरेका छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ