arrow

के सैफ र करीनाका छोरा स्याहार्नेले मोदीको जति तलब पाएकै हुन् ?

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
karina-susarey.jpg

काठमाडौं । कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमूरलाई हेर्दा हुन्छ । पछिल्लो समय उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ ।  तैमूरसँगै उसको स्यहार गर्ने महिला पनि अक्सर देख्न सकिन्छ ।

यस्तोमा खासै धेरै चर्चामा नआएको विषय हो – तैमूरको स्याहार गर्ने महिलाको सुविधाहरु । विगतमा, महिलाको तलबको बारेमा धेरै समाचारहरू आए । अब करीना आफैंले स्यहार गर्ने महिलाको तलब बारे बताएकी छन् ।

धेरै संचारमाध्यमहरुमा करीनाले तैमूरको नैनीलाई डेढ लाख रूपैयाँ मासिक तलब दिन्छन् भनेर दाबी गरिएको थियो। पिंकविलालाई दिएको एक अन्तरवार्तामा करीनाले तैमूरको सुसारेको तलबको प्रश्नमा भनिन् - ' के साँच्चै? तर म  यसको बारेमा कुरा गर्न चहान्न ।'

यस अघि २०१९ मा, करीना अरबाज खानको शो पिन्चमा गएकी थिइन्  । सो समय एक प्रशंसकले उनलाई यहि प्रश्न सोधेका थिए यसको जवाफमा, करीनाले भनेकी थिइन् - 'तपाईको बच्चालाई खुशी र सुरक्षित राख्नको कुनै मूल्य छैन।'

तैमूरको हेरचाहका लागि राखिएको स्याहार गर्ने महिलाको नाम सावित्री हो । उनको सुविधाहरुको अगाडि संसारका सबै कामहरु फिका हुन जान्छन् । डेढ वर्षका तैमूरको हेरचाहका लागि राखिएकी उनी धेरैजसो तैमूरको साथमा देखिन्छन् । सेतो ड्रेस र चस्मा लगाएर उनलाई तैमूरको हरेक सानाठुला चिजहरुको ध्यान दिनुपर्ने जिम्मेवारी रहेको छ ।

उनले तैमूरलाई आमाको कमी हुन दिएकी छैनन् । करिना कपुर विभिन्न फिल्मको काममा व्यस्त हुने गरेकोले उनको जिम्मेवारी उनले पूरा गर्ने गरेकी छिन् ।

स्याहार गर्ने महिलालाई नैनी भनेर बोलाइने गरिन्छ । नैनीले आईएएस र आईपीएसभन्दा पनि बढी तलब लिने गर्छिन् । उनको तलब सुन्दा एमबीए र आईटी प्रोफेसनल्सको पनि होस उड्ने गर्छ । सावित्रीको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।

समाचारमा बताइए अनुसार तैमूरको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारण वश थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ । यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमूरलाई कतै बाहिर घुमाउन सकुन् ।

यदि सैफ अली खान र करिना खान कतै विदेश भ्रमणमा जाँदा नैनी पनि तैमूरसँगै जाने गरेकी छिन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ