arrow

कारागारमा भएको हत्याबारे अनुसन्धान जारी

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष २८ सोमबार
mexico-map.png

मेक्सिको सिटी। मेक्सिकोको एक कारागारमा एक हप्ताअघि कैदीबीच भएको झडपको क्रममा कम्तीमा १६ कैदीको मृत्यु भएको विषयमा अनुसन्धान जारी रहेको बताइएको छ। मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको थियो। उक्त झडपका कारण १६ कैदीको ज्यान जानुको साथै अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका थिए। 

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त झडपबाट धेरै व्यक्तिको ज्यान गएकोले यसको कारणको बारेमा यहाँको गृह प्रशासनले अनुसन्धान थालेको छ। प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीले जनाएका थिए। यस विषयमा अनुसन्धान जारी रहेको र केही दिनमा यसको कारण स्पष्ट गरिने बताइएको छ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सो कारागारमा सयौँ व्यक्ति रहेकाले ठूलो क्षतिको त्रास रहेकोमा स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट रोकिएको थियो। 

मेक्सिकोका कारागारमा यस्ता झडपहरु समय समयमा हुने गर्दछन्। यस्ता प्राय झडपहरु लागूऔषधका कारोबारीमा संलग्न कैदीबन्दीबीच हुने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ