arrow

राजा वीरेन्द्रको सवारी हुँदा बम प्रहार गर्दा निधन भएका शहीद रामकृष्ण श्रेष्ठको नाममा फुटबल 

logo
प्रकाशित २०७६ पुष २८ सोमबार

धनकुटा । शहीद रामकृष्ण श्रेष्ठ  प्रदेश स्तरीय  गोल्ड कप महिला फटबल प्रतियोगिता धनकुटामा माघ पहिलो साता संचालन हुने भएको छ । 

  प्रजातन्त्रका लागी बलिदान दिएका धनकुटाका शहीद रामकृष्ण श्रेष्ठको सम्मानमा माघ ३ देखि ७ गतेसम्म धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय  गोल्ड कप महिला फुटबल प्रतियोगिता गर्ने आयोजक समितिका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले जानकारी दिए । 

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटका अध्यक्ष इश्वर अकेलाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार प्रदेश सभा सांसद लिला सुब्बा,सल्लाहकार विजय सन्तोषी राईले प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिता संचालन गर्नु पर्ने उदेश्यमाथि प्रकाश पार्दै प्रतियोगितामा प्रदेश नम्वर १ का ८ जिल्लाहरुका उत्कृष्ठ महिला टिमहरुले भाग लिने समेत जानकारी गराए । 

शहीद रामकृष्ण श्रेष्ठ  प्रदेश स्तरीय  गोल्ड कप महिला फटबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद र कप,दोस्रो हुने टिमलाई ५० हजार नगर रुपैयाँ र कप र प्रत्येक म्याचमा ओमेन अफ द म्याच नगद पुरस्कार र विधागत पुरस्कारमा समेत नगद पुरस्कार दिईने आयोजिक समितिका  सल्लाहकार तथा धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राईले बताए । 

शहीद रामकृष्ण श्रेष्ठ  प्रदेश स्तरीय  गोल्ड कप महिला फटबल प्रतियोगिता संचालन गर्न करिव १३ लाख रुपैया लाग्ने आयोजक समितिका  सचिव कृष्ण भागत श्रेष्ठले वताए । 

प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न समितिहरु निर्माण गरी अभियान संचालन गरिएको आयोजक समितिका सदस्य रोशनराज अमात्यले बताए ।

धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा वीरेन्द्र र उनका परिवार सवारी हँुदा बम प्रहार गर्दा उनको निधन भएकोले उनालाई २०७४ साल माघ ३ गते तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेका सरकारले राष्टिय शहीद घोषणा गरिएको प्रतिष्ठानका सल्लाहकार विजय सन्तोषी राईले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ