arrow

आतंकवादीलाई साथ दिने डिएसपीको वीरता पुरस्कार खोसिने

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
5555_1578919266.jpg

काठमाडौं । ११ मानिसको हत्यामा संलग्न खोजीको सूचीमा रहेको आतंकवादीलाई साथ दिने जम्मू–कश्मीर पुलिसका डिएसपीको वीरता पुरस्कार खोसिने सम्भावना बढेको छ । 

आतंकवादी नवीद बाबासंग गिरफ्तार परेका डिएसपी देविन्दर सिंहको पुरस्कार खोसिने सम्भावना बढेको हो । राष्ट्रपति वीरता पदक फिर्ता लिने प्रक्रियामथि विचार गरिएको बताइएको छ । 

कश्मीर पुलिसले देविन्दर सिंहको घटनाबारे गृहमन्त्रालयलाई जानकारी भइसकेको छ । सिंहसंग आईबी, रअ र सेनाको खुफिया टिमले पुछताछ गर्नेछ । 

त्यसपछिमात्र एनआईएले सिंह र बाबालाई नियन्त्रणमा लिनेछ । अहिलेसम्मको अनुसन्धानमा देविन्दर सिंह कयौं वर्षदेखि आतंकवादीहरुलाई सघाउने काममा लागेको र मोटो रकम असुल्दै आएको खुलेको छ । 

सिंहलाई आइतबार गिरफ्तार गरिएको थियो । आफ्नो कारमा बाबालाई सकुसल लैजाँदै गरेका अवस्थामा सिंह पक्राउ परेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ