arrow

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो बर्खास्त 

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार

काठमाडौं । स्पेनिश लिग फुटबलको शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टो भल्भर्डेलाई बर्खास्त गरेको छ । यो बर्खास्तीले गर्दा युरोपियन फुटबलमै सनसनी मच्याएको छ । 

स्पेनिश लिगका दुई वटा उपाधि दिलाउन सफल ५५ वर्षीय भल्भर्डेलाई एकाएक हटाइएको विषयले बहस पनि निम्त्याएको छ । 

उनको स्थानमा स्पेनिश अर्को क्लब रियाल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिनलाई बार्सिलोनाले नियुक्त गरेको छ । ६१ बर्षीय सेटिनले सन् २००५ मा कोपा डेल रेको सेमिफाईनल पुग्दै टिम छाडेका थिए ।

क्लबले सेटिनसंग साढे २ बर्षको सम्झौता गरेको छ । 

अर्नेष्टोको यो बर्खास्तीले खेलाडीहरुसमेत स्तव्ध भएका छन् । लियोनल मेस्सी समेत स्तब्ध भएका छन् । 

सन् २०१७ मा बार्सिलोनामा छिरेका अर्नेष्टोले दुई वटा ला लिगा उपाधि, कोपा डेल रे र स्पेनिश सुपर कप जिताएका थिए । 

समग्रमा १४५ खेलमा प्रशिक्षक बनेका अर्नेष्टोले ९७ खेल जिताएकामा ३२ खेल बराबरी भएको थियो भने बार्सिलोनाले १६ खेल हारेको थियो । 

अर्नेष्टो बाहिरिनुका यी परिणाम–
–गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको खेलमा लिभपुरसंग पराजित ।
–कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासंग पराजित ।
–गत सातामात्र सुपरकपको सेमिफाइनलबाटै बाहिरिएको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ