- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यायले सुरु गरेको हेलो सिएम कार्यक्रम प्रभावहिन भएको छ । नागरिकले गरेको गुनासो सम्बोधन हुँनै छोडेपछि होलो सिएममा फोन आउँनै छोडेको हो । सुरु सुरुमा केहि गुनासो आएपनि पछिल्लो पाँच महिनादेखि हेलो सिएममा कुनै फोन आएको छैन । मुख्यमन्त्रीलाई गुनासो गर्दा पनि सम्बोधन नभएपछि हेलो सिएमप्रति बिश्वास हराएको गुनासो गर्नेहरुले बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत वर्ष जेठ ७ गते हेलो सिएम सञ्चालनमा ल्याएको थियो । सञ्चालनमा ल्याएको १४ महिनासम्म गुनासाहरु आएपनि अहिले पाँच महिना वितिसक्दा पनि एउटा गुनासो आएको छैन ।
स्थानीयको गुनासोलाई सम्बोधन गर्नको लागि भनेर स्थापना गरिएपनि स्थानीयको माग भने सम्बोधन हुन नसकेको स्थानीयले बताएका छन । हेलो सिएम उद्घाटनकै दिन डोटी शिखर नगरपालिका वडा नम्बर २ का स्थानीय करनजन शाहीले धनगढी बजारमा ट्राफिक व्यवस्थापनको विषयमा कुरा उठाएको भएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए । आफूहरुले हेलो सिएमको खासै अन्भूति भने गर्न नपाएको उनले जानकारी दिए । हेलो सिएमको शुन्य प्रतिशत प्रभावकारी देखेको उनले बताए ।
स्थानीयले मात्रै होइन प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि हेलो सिएम प्रभावकारी नभएको बताएको छ । हेलो सिएम कक्षमा आएका गुनासोहरुको मुख्यमन्त्री मार्फत कुनै पनि गुनासोहरु सम्बोधन हुन नसकेको प्रतिपक्ष दल नेपाली कांगेस संसदीय दलका नेता रणबहादुर रावलले बताए । उनले हेलो सिएम कक्ष पूर्ण प्रभावकारी नभएकाले जनतामा पनि आशा हराएको बताए ।
आफुहरुले केहि दिनमै मुख्यमन्त्रीलाई भेटेर हेलो सिएम कक्ष प्रभावकारी बनाउन आग्रह गर्न उनले बताए । हेलो सिएम कक्ष स्थापना भएदेखि हालसम्म एक सय ८६ वटा गुनासोहरु आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । जसमा सुरुको महिना जेठमा मात्रै ८८ वटा गुनासोहरु आएको थियो । भने अन्तिम महिना साउन ९ गतेसम्म ६ वटा मात्रै गुनासो आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिइएको हो ।
बढी जस्तो गुनासाहरु विकास निर्माण लगायत क्षेत्र अधिकारभन्दा बाहिरका गुनासोहरु आउने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी जगदीश जोशीले बताए । हेलो सिएममा आएका गुनासाहरु केहि सम्बोधन भएपनि केहि भने सम्बन्धीत निकायमा पत्रचार गर्न गरेको उनले बताए । पहिलाको तुलनामा अहिले गुनासो कम आउने गरेको उनले स्विकारे ।
हेलो सिएम कक्षमा बढी जस्ता गुनासाहरु विकास निर्माण लगायत क्षेत्र अधिकारभन्दा बाहिरका गुनासोहरु पनि आउने गरेको उनले बताए । आएका गुनासोहरुको अध्ययन गर्न गरेर दुई-तीन दिन भित्रै सम्बन्धीत निकायमा पठाउने गरेको उनले जानकारी दिए । उनले सामान्य प्रक्रितिका गुनासाहरु प्रशासनीक लेवलबाटै सम्बन्धीत निकायमा पठाउने गरेको बताए । सम्बेदनशील प्रक्रितिका र महत्व पूर्ण प्रक्रितिका गुनासाहरु मुख्यमन्त्री समक्ष पठाउने गरेको उनले जानकारी दिए ।
प्रदेश सरकारले जनताको गुनासोलाई सम्बोधन गर्न भनेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हेलो सिएम कक्ष स्थापना गरिएपनि खासै प्रभावकारी भने देखिएको छैन ।