arrow

६० करोडको बंगला, सय करोडको निजी जेट यस्तो छ अजय देवगनको जीवन

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
ajaya2.jpg

काठमाडौं । अजय देवगन बलिउडका पांच सुपरस्टारहरू मध्ये एक हुन् । अजयको नाम आमिर, सलमान, शाहरुख तीन खान र अक्षय कुमारसँगै बलिउडमा आउछ । पछिल्लो ३० बर्षमा अजय देवगनले बलिउड चलचित्र उद्योगलाई अरबौं रूपैयाँको कारोबार गरिदिएका छन्। बलिउडमा उनी एक अभिनेता मात्र नभएर सफल निर्माता पनि हुन्।

हालै उनले आफ्नी पत्नी काजोलसँग तानाजी फिल्म निर्माण गरेका छन् । जुन निकै चर्चामा रहेको छ । चलचित्रले रिलिजको चार दिनमा १०० करोड नजिक पुगेको छ । अजय देवगनको लागि यो सयौं फिल्म हो । यो फिल्ममा अजय र सैफ अली खानका साथै काजोल र जागापति बाबु मुख्य भूमिकामा देखिएका छन् । यो फिल्म ओम राउतले निर्देशन गरेका छन् ।

‘तानाजी’ लाई भारतमा ३ हजार ८ सय ८० स्क्रिन मिलेको छ । यसमा टूडी र थ्रीडि दुवै छ । साथै, भारतमा यो फिल्म हिन्दी र मराठी दुई भाषामा प्रदर्शनमा आएको छ । त्यस्तै, ओभरसीजमा यो फिल्म ६ सय ६० स्क्रिनमा रिलिज भएको छ । फिल्मले संसारभर ४ हजार ५ सय ४० स्क्रिन पाएको छ ।

सम्पत्तिको कुरा गर्ने हो भने अजयसँग आफ्नै निजी जेट छ। उनीसँग संसारकै सबैभन्दा महँगो कारहरू छन्। अजय देवगनसँग २६० करोड भारतीय रुपैयाँको सम्पत्ति रहेको छ । २०१८  मा उनको वार्षिक आय ३२ करोड थियो। अजय देवगनले दुई वर्षमा १०० करोडभन्दा बढी कमाई गर्ने फिल्महरु दिएका छन्। जसमा रेड , गोलमाल अगेन, टोटल धमाल जस्ता फिल्महरू छन्।

टोटल धमालमा अजय देवगन आफैले लगानी गरेका थिए । उनी एक फिल्मका लागि २२ करोड शुल्क लिन्छन्। साथै उनी एउटा विज्ञापनको ५ करोड रूपैयाँ लिन्छन्। अजयले यसअघि ६ करोडको आयकर तिरेका थिए ।

अजय देवगन महँगो कारहरुको सौखिन् छन्। अजय देवगनसँग मासेराटी क्वाट्रोपोर्ट छ। हाल यस कारको मूल्य पौने दुई करोड भारतीय रुपैयाँ रहेको छ । यस बाहेक उनीहरूसँग रेन्ज रोभर छ। जसको मुल्य दुई करोड रूपैयाँ भन्दा बढी छ।

अजयको मुम्बई मात्र होईन विश्वको सबभन्दा महँगो आवासीय शहर लण्डनमा पनि घर छ। जसको मुल्य ६० करोड छ। उनीसँग मुम्बईमा दुई घरहरू छन। उनको जुहूमा एउटा अपार्टमेन्ट छ भने अर्को घर मालगारी रोडमा छ। दुबै घरको लागत करिब २५ करोड छ।

अजय देवगनको आफ्नै निजी जेट छ। जसको मुल्य करिब १०० करोड छ। यस निजी जेटको नाम होकर ८००  हो। जसमा उनी आफ्नो परिवारसँग छुट्टी मनाउन जाने गर्छन्।

अजय देवगन फिल्म्स नामको उनको आफ्नै 'प्रोडक्शन हाउस' छ  । अजय देवगन फिल्म्स 'प्रोडक्शन हाउस' को मुल्य  १०० करोड भन्दा बढि छ। उनले 'हेलिकप्टर इला' फिल्मलाई आफ्नो निर्माणको ब्यानरमा बनाएका थिए। आउँदो दिनमा उनले अझ धेरै फिल्महरू बनाउने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ