arrow

तैमूरको हेरचाह गर्नेलाई डेढ लाख ?, करीनाले दिइन् जवाफ

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
karina-susarey.jpg

काठमाडौं । कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमूरलाई हेर्दा हुन्छ । पछिल्लो समय उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ । तैमूरसँगै उसको स्यहार गर्ने महिला पनि अक्सर देख्न सकिन्छ ।

यस्तोमा खासै धेरै चर्चामा नआएको विषय हो – तैमूरको स्याहार गर्ने महिलाको सुविधाहरु । विगतमा, महिलाको तलबको बारेमा धेरै समाचारहरू आए । अब करीना आफैंले स्यहार गर्ने महिलाको तलब बारे बताएकी छन् ।

धेरै संचारमाध्यमहरुमा करीनाले तैमूरको नैनीलाई डेढ लाख रूपैयाँ मासिक तलब दिन्छन् भनेर दाबी गरिएको थियो। पिंकविलालाई दिएको एक अन्तरवार्तामा करीनाले तैमूरको सुसारेको तलबको प्रश्नमा भनिन् - ' के साँच्चै? तर म यसको बारेमा कुरा गर्न चाहन्न ।'

यस अघि २०१९ मा, करीना अरबाज खानको शो पिन्चमा गएकी थिइन् । सो समय एक प्रशंसकले उनलाई यहि प्रश्न सोधेका थिए यसको जवाफमा, करीनाले भनेकी थिइन् - 'तपाईको बच्चालाई खुशी र सुरक्षित राख्नको कुनै मूल्य छैन।'

तैमूरको हेरचाहका लागि राखिएको स्याहार गर्ने महिलाको नाम सावित्री हो । उनको सुविधाहरुको अगाडि संसारका सबै कामहरु फिका हुन जान्छन् । डेढ वर्षका तैमूरको हेरचाहका लागि राखिएकी उनी धेरैजसो तैमूरको साथमा देखिन्छन् । सेतो ड्रेस र चस्मा लगाएर उनलाई तैमूरको हरेक सानाठूला चिजहरुको ध्यान दिनुपर्ने जिम्मेवारी रहेको छ ।

उनले तैमूरलाई आमाको कमी हुन दिएकी छैनन्। करिना कपुर विभिन्न फिल्मको काममा व्यस्त हुने गरेकोले उनको जिम्मेवारी उनले पूरा गर्ने गरेकी छिन् ।

स्याहार गर्ने महिलालाई नैनी भनेर बोलाइने गरिन्छ। नैनीले आईएएस र आईपीएसभन्दा पनि बढी तलब लिने गर्छिन्। उनको तलब सुन्दा एमबीए र आईटी प्रोफेसनल्सको पनि होस उड्ने गर्छ। सावित्रीको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।

समाचारमा बताइए अनुसार तैमूरको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारणवस थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ। यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमूरलाई कतै बाहिर घुमाउन सकुन् । यदि सैफ अली खान र करिना खान कतै विदेश भ्रमणमा जाँदा नैनी पनि तैमूरसँगै जाने गरेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ