arrow

नेपाल नामिविया क्रिकेट : सुरक्षा कडाई, ‘दर्शकले पानीका बोतलसमेत लान नपाउने’

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
nepal-namibia-@@.jpg.jpeg
काठमाडौं । नेपाल र नामीवियाबीच शनिबार विहान हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि आवश्यक सुरक्षाको लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबीच समन्वय हुने भएको छ । बिहान सवा ९ बजेदेखि हुने एक दिवसीय खेलमा नेपाल प्रहरीले मैदान वरपर सुरक्षा दिनेछन् भने, थप सुरक्षाको आवश्यकता परे सशस्त्र प्रहरीको कालिञ्चोक गण कीर्तिपुरको तयारी टोली परिचालन हुने बताइएको छ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीको नेतृत्वमा खटिएको सुरक्षा टोलीले सो खेलको लागि भरपुर सुरक्षाको व्यवस्था गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सशस्त्रप्रहरीको तर्फबाट प्रहरी उपरीक्षक दूर्गाभट्टराईको टोली तयारी अवस्थामा रहनेछ । 
 
शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले प्रतियोगिताको सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै  प्रहरी उपरीक्षकको नेतृत्वमा ७ सय ७३ जना प्रहरी खेलको सुरक्षार्थ परिचालन गरिने बताए । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका सदस्य र ‘ब्याक अप’ सहयोगीको रुपमा सशस्त्र प्रहरीसमेत छुट्टै परिचालित हुनेछन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपाल प्रहरीसंग मिलेर सुरक्षा व्यवस्था मिलाएको हो । 
‘मैदानभित्र’  
खेल मैदानमा ७ वटा सीसी टिभी क्यामेरा प्रयोग गरिएको बताइएको छ । दर्शक दिर्घामा पानीका बोतल लान पाइने छैन । आकस्मिक उद्दार टोली परिचालित हुनेछ भने, आकस्मिक स्थितिमा खेलाडीको सुरक्षाको प्रवन्ध समेत भइसकेको नेपाल प्रहरीले जनाएको छ । कडा जाँच पछि मात्र दर्शक भित्र छिर्न पाउने छन् ।
 
मैदानभित्र प्रवेश गर्ने दर्शकको चेक जाँचका लागि ‘मेटल डिटेक्टर’को समेत प्रयोग गरिने बताइएको छ । दर्शकले खेल अवधिमा अमर्यादित व्यवहार नगरुन् भनी दर्शक बस्ने बीचबीचमा प्रहरी राखिने छ । खेलका लागि आउने विदेशी खेलाडी, प्रशिक्षक र निर्णायकको सुरक्षाका लागि उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिएदेखि बस्ने होटल, खेल मैदान हुँदै स्वदेश फर्कदासम्मका लागि सुरक्षा प्रबन्ध मिलाइएको छ । यसअघि २०६६ मा नेपाल र अमेरिकाबीच कीर्तिपुर खेल मैदानमा भएको प्रतियोगितामा केही नेपाली दर्शकले उच्छृङ्खल गतिविधि गरेका थिए । उक्त खेलमा नेपाली दर्शकले खेल मैदानमा पानीका बोतल प्रहार गरेका थिए । 
 
जसले सुरक्षाको कारण देखाउँदै नेपाल र नामिवियाबीचको खेल समेत भारतमा सार्ने प्रयास भएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेटसंघले सुरक्षाको पूर्ण प्रत्याभूत दिलाउने प्रतिवद्धता गरेपछि मात्रै खेल नेपालको घरेलु मैदानमै हुने पक्का भएको थियो । 
खेल आइसीसीको प्रत्यक्ष संलग्नतामा हुने भएकाले आगामी दिनमा नेपालमा अन्य प्रतियोगिता गर्न समेत सहयोग पुग्ने भएकाले दर्शकलाई सभ्य र मर्यादित रुपमा प्रस्तुत हुन प्रमुख आयुक्त थापाले आग्रह गरेका छन् । 
 
झण्डै १५ सय जनाको हाराहारीमा खटिने नेपाल प्रहरी तथा सशस्त्रप्रहरीको सुरक्षा टोलीले टिकट काटेका बाहेक अन्यको लागि मैदानको मूलढोका भन्दा पाँच सय मिटर अगाडिबाट अघिबढ्न दिने छैनन् । भित्री तथा बाहिरी सुरक्षाको लागि समेत पर्याप्त रुपमा सुरक्षाकर्मी परिचालन गरिसकिएको एसपी कार्कीले जानकारी दिए । उनले प्रहरीले रणनीतिक ढङ्गले सुरक्षाको व्यवस्था गर्ने हुँदा यो टोलीले जस्तासुकै भीड नियन्त्रण गर्न पनि सक्षम रहेकोमा विश्वस्त पारे । 
 
शुक्रबार साँझसम्मको तथ्याङ्क अनुसार १० हजार जनाले क्रिकेट हेर्नको लागि टिकट लिइसकेका छन् । यसमा बाहिरी दर्शकहरूको समेत भीड रहेपनि त्यसको नियन्त्रण गर्न प्रहरी सक्षम रहेको कार्कीको भनाई छ । नेपाली दर्शकहरुले ‘डिभिजन ५’ अमेरिकाविरुद्धको खेलमा गरेको उश्रृंखलतालाई मध्यनजर गरेर आइसीसील नेपालको क्रिकेट गराउन नेपाल प्रहरीसँग समन्वय गरेर यस्तो योजना तयार पारेको हो । नेपाल क्रिकेट संघ क्यानको विवादले गर्दा नेपालमा क्रिकेट आयोजनाको जिम्मा आइसीसी आफैले लिएको छ । आइसीसीले आफ्नो योजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सामेल गराएको हो । 
 
ट्राफिक व्यवस्थापन समेत चुस्त 
प्रतियोगिताको कारण मैदान वरपरको क्षेत्रमा ट्राफिक व्यवस्थापनमा आँच आउन नदिनको लागि ट्राफिक प्रहरीले पनि आवश्यक तयारी पूरा भइसकेको बताएको छ । ट्राफिक प्रहरी प्रमुख डिआइजी प्रकाश अर्यालले यति नै ट्राफिक खटाएको भन्ने यकिन नभए पनि ट्राफिक व्यवस्थापनको लागि आवश्यक प्रबन्ध मिलाई सकिएको जानकारी दिए ।  
 
‘मैदानभित्र’  
खेल मैदानमा ७ वटा सीसी टिभी क्यामेरा प्रयोग गरिएको बताइएको छ । दर्शक दिर्घामा पानीका बोतल लान पाइने छैन । आकस्मिक उद्दार टोली परिचालित हुनेछ भने, आकस्मिक स्थितिमा खेलाडीको सुरक्षाको प्रवन्ध समेत भइसकेको नेपाल प्रहरीले जनाएको छ । कडा जाँच पछि मात्र दर्शक भित्र छिर्न पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ