arrow

उर्जामन्त्री पुनद्धारा ओमानका सुल्तानको निधनप्रति समवेदना प्रकट

logo
प्रकाशित २०७६ माघ १ बुधबार

ओमान । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन् । 
 
अन्तर्राष्ट्रियय नवीरकणीय उर्जासंघ (आइरिना) ओ १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् । 

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेक थिए । 

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच गत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।  

त्यस क्रममा सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे । 

त्यसका साथै सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

समवेदना प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्री पुनका सचिवालय प्रमुखसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ