काठमाडौं । भारतको जम्मू–कश्मीरमा २ जी इन्टरनेट सेवा जडान गरिएको छ । कश्मीर प्रशासनले मंगलबार राति आंशिक रुपले इन्टरनेट र ब्रोडब्याण्ड सेवा बहाल गर्ने फैसला गरेको हो ।
जम्मू, साम्बा, कठुआ, उधमपुर र सियासीमा इ–बैंकिंग समेत सुरक्षित वेबसाइट हेर्नका लागि पोष्टपेड मोबाइलमा २ जी इन्टरनेट कनेक्टिभिटीको अनुमति दिइएको हो ।
यो आदेश बुधबारदेखि ७ दिनका लागि लागु भएको छ ।
यसबाहेक होटल, यात्रा प्रतिष्ठान र अस्पतालमा समेत जरुरी सेवा प्रदान गर्ने सबै संस्थानमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा बहाल गर्नका लागि पनि भनिएको छ ।
सर्वोच्च अदालतले सरकारसंग इन्टरनेटमा लागेको बन्देजमा समीक्षा गर्न भनेपछि यो सुविधा खुलेको हो ।
सर्वोच्चले गत १० जनवरीमा कश्मीरमा इन्टरनेटमाथि ५ महिना ४ दिनदेखि लागेको प्रतिबन्ध खुलेको हो ।