arrow

रक्सी नपिउने शाहरुखले पिएरै सिद्धाए यो चलचित्र, ऐश्वर्याको कानबाट निस्कियो खुन

सलमानको रिजेक्टपछि शाहरुखले पाए 'देवदास',यस्ता छन् रोचक प्रसंग

logo
प्रकाशित २०७६ माघ १ बुधबार
devdas-drinking-alcohol.jpg

एजेन्सी । बलिउड निर्देशक संजय लीला भन्सालीको सुपरहिट चलचित्र 'देवदास' १२ जुलाई २००२ मा रिलीज भएको थियो । चलचित्र रिलीज भएको करिब १८ बर्ष पुग्न लागेको छ । चलचित्रमा ऐश्वर्या राय, माधुरी दीक्षित र जैकी श्राफ मुख्य भुमिकामा रहेका छन् ।

चलचित्र सुटिङको क्रममा कयौ यस्ता घटना रहेका छन् जुन धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । चलचित्रमा अभिनय गर्न पहिले सलमान खानलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्विकार गरेका थिए ।

 चलचित्र सलमानले रिजेक्ट गरेपछि भन्सालीले शाहरुखलाई रोलको लागि अफर गरे र चलचित्र  'देवदास' बन्यो । चलचित्रमा एक महत्वपूर्ण भुमिका चुन्नीलालको रहेको छ जसको भुमिकामा जैकी श्राफ देखिए । तर सो भुमिकाको लागि पहिले गोविन्दालाई अफर गरिएको थियो। साथै सैफ अली खान र मनोज बाजपयीलाई पनि सो भुमिकाको लागि अफर गरिएको थियो ।
 
शाहरुख खानले सिल्वर स्क्रीनमा आफ्नो भुमिकालाई यथार्थपरक देखाउन बिशेष ध्यान दिएका थिए।उनले कयौ सीन्सलाई महसुस गराउन रक्सी पिएका थिए। भारतिय सञ्चारमाध्यमका अनुसार शाहरुखले सुटिंग भन्दा पहिले केहि प्याक लिने गरेका थिए । शाहरुख सामान्यता रक्सी पिउदैनन् ।

 'देवदास' को संगित इस्माइल दरबारले बनाएको हो। संगित तयार गर्न  दरबारलाई अढाई बर्ष लागेको थियो । चलचित्रका प्रत्येक गीतलाई मिक्स गर्न ८ देखि ९ टेक लिनु परेको थियो । गह्रौ झुमका कारण चलचित्रको गीत 'डोला रे डोला' को सुटिङको क्रममा ऐश्वर्याको कानबाट खुन बगेको थियो तर ऐश्वर्याले यसको पर्वाह नगरि गीत पुरा गरेकी थिइन् । रिपोर्टका अनुसार गीत लेख्न पुरै हप्ता दिन लागेको थियो ।

 सामान्यतया चलचित्र सुटिङको लागि २ देखि ३ बटा  जनरेटरको आवश्यकता पर्छ तर 'देवदास' को लागि ४२ बटा जनरेटरको प्रयोग गरिएको थियो । चलचित्रमा यति धेरै संख्यामा जनरेटर लगेपछि मुम्बईमा भएका बिबाहरुलाई समस्या भएको थियो । चलचित्रमा २५०० हजार लाइट र ७०० लाइटमेनका साथै अनगिनत जूनियर आर्टिस्ट्सले काम पाएका थिए ।

चलचित्रमा माधुरी दीक्षितले लगाएको कपडाकै मुल्य १५ देखि २० लाख परेको थियो। सुटिङको क्रममा माधुरी दीक्षित प्रेग्नेन्ट भएको समेत अफवाह फैलाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ