arrow

सन्दीपको उत्कृष्ट बलिङ, लिए दुई विकेट

logo
प्रकाशित २०७६ माघ १ बुधबार
Sandeep-lamichhane1.jpg

अस्ट्रेलिया । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन्  । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले बुधबार पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिएका छन् ।
 
सन्दीपले तीन ओभर मात्र बलिङ गरे । उनले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिए । उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिएका हुन् । सो ओभरमा उनले कुनै रन खर्चिएनन् । सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिएनन्  ।  
 
यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल भएका छन्  । सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो ।

विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो । सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

 मेलबर्नले हालसम्म १० खेलमध्ये नौमा जित तथा एकमा हार बेहोर्दै १८ अङ्क बटुलेको छ । हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाउनुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ