arrow

बेलायती राजदूत इरानबाट फिर्ता

logo
प्रकाशित २०७६ माघ १ बुधबार
iran-britan.jpg

तेहरान । तेहरानमा यूक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएका छन्  ।

“राजदूत रोबर्ट मकेयरले तेहरानलाई आफू स्वदेश फिर्ता हुने बिषय इरान सरकारलाई यस पहिले नै जानकारी गराउनुभएको थियो,” इरानी राष्ट्रिय समाचार संस्था (आईआरएनए) इरानी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको छ ।

कूटनीतिक कानूनअनुसार कुनै पनि देशको राजदूत वा कूटनीतिज्ञहरूले विदामा वा अन्य उद्देश्यका लागि स्वदेश फिर्ता हुनचाहेमा सरकारलाई सूचना दिई बाहिरिन सक्ने प्राबधान रहेको छ । “मकेयरले इरान सरकारलाई आफू लण्डन फिर्ता हुने बिषयमा पहिले नै जानकारी गराई सक्नुभएको थियो,” आइआरएनएले आफ्नो समाचारमा लेखेको छ ।

मङ्गलबार इरानी न्यायपालिकाका प्रवक्ता गुलामहुसेन इस्माइलीले इरानका लागि बेलायती राजदूत मकेयर सरकारविरोधी कार्यक्रममा ‘सहभागी भएको’ आरोप लगाउँदै उनलाई देश निकाला गर्नुपर्ने बताएका थिए ।
 
उनलाई गत शनिबार (जनवरी ११ गते) तेहरानमा यूक्रेनी विमानमा मारिएका व्यक्तिहरूको सम्झनामा आयोजित कार्यक्रम, जुन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो, मा सहभागी भै कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै इरानी अधिकारीहरूले पक्राउ गरी सोधपुछपछि रिहा गरेका थिए । इरानी अधिकारीले उनीमाथि तेहरानस्थित एक विश्वविद्यालयमा विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी भै सरकारविरूद्ध गतिविधि गर्न प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

इरानी प्रहरीका उच्च अधिकारीले उनलाई पक्राउ गरेको तर सोधपुछका क्रममा बेलायती कूटनीतिज्ञ भएको जानकारी पछि रिहा गरिएको जनाएको थियो । कार्यक्रममा सहभागिता जनाएको आरोपमा सरकारले उनलाई पत्राचार गरी मङ्गलबार जानकारी लिएको थियो ।

उहाँले यूक्रेनी विमानमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा आफूलाई निमन्त्रणा भए अनुसार सहभागी भएको तर कार्यक्रम हुँदै गर्दा आक्रोशित भीडले कुनै छेउबाट सरकारविरोधी नारा लगाउन थालेपछि त्यहाँबाट निस्किएको बताएका थिए । आफूले एक सैलुनमा सेवाका लागि रोकिएका समय इरानी सुरक्षाकर्मीले एक्कासी पक्राउ गरी करिब आधा घण्टा सुरक्षा नियन्त्रणमा राखेको मकेयरले बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ