arrow

लिवियाली युद्धविरामको सम्भावना अझै नटरेको टर्कीको भनाइ

logo
प्रकाशित २०७६ माघ १ बुधबार
libiya.jpg

लिविया । लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास बुधबार टर्कीले व्यक्त गरेको छ ।

रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए । लिवियाली द्वन्द्वलाई छलफल र बहरबाट समझदारी निर्माण गरी अघि बढ्न सकिने टर्कीले बताएको छ ।

“अझै पनि लिवियामा युद्धविरामको सम्भावना सकिएको छैन,” टर्कीका रक्षा मन्त्री हालसी अकारले अङ्करामा पत्रकारहरूसँगको नियमित सम्वादमा भने ।

जनवरी १२ मा स्थायी युद्धविराम सहमतिलाई अन्तिमरूप दिइने तयारी रहेका समय हस्ताक्षर नगरिकनै सोही दिन बिहानै हफ्तर स्वदेश फर्केको सञ्चारमाध्यमहरूले जनाएका थिए । लिवियासम्बन्धमा प्रयासहरू निरन्तर रहने अकारले बताए ।

उनले थपे, “लिवियाली द्वन्द्वबारे अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबार बर्लिनमा हुनेछ । टर्की लिवियामा युद्धविराम, शान्ति र राजनीतिक सङ्कटको यथोचित समाधानको पक्षमा रहनेछ ।”

जर्मनीले लिवियाली द्वन्द्वरत पक्षहरूलाई उक्त क्षेत्रका एघार मुलुकसहित केही अन्तर्राष्ट्रिय सङ्गठनहरूको  उपस्थितिमा हुने वार्तामा आमन्त्रण गरिसकेको छ । टर्कीले संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त राष्ट्रिय सहमतिको सरकारलाई मान्यता दिँदै आएको छ । तर त्रिपोलीबाट प्रशासन हेरिरहेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार लिवियामा गत अप्रिलदेखि त्रिपोलीलाई लक्षित गरी हफ्तरको सेनाले आक्रमण शुरू गरेपछि कम्तीमा २०० सर्वसाधारणसहित दुई हजार लडाकू मारिएका छन् भने एक लाख ४६ हजार लिवियाली विस्थापित बनेका छन् ।

टर्कीले लिवियामा आफ्नो सेना पठाइसकेको छ तर टर्कीको सेनाले युद्धमा त्रिपोलीस्थित फायज अल–साराज नेतृत्वको सरकारलाई हफ्तरको समूहविरूद्ध सक्रिय लडाई नलड्ने तर आवश्यक तालिम र परामर्श प्रदान गर्ने बताउँदै आएको छ ।

अकारले लिवियामा तैनाद सैनिकको सङ्ख्याबारे केही बताएनन् तर सङ्ख्यालाई त्रिपोलीको आवश्यकता अनुसार परिवर्तन गर्नसकिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ