arrow

सुरक्षा परिषद बैठकमा चीनले फेरि उठायो जम्मु-काश्मिर मुद्दा

logo
प्रकाशित २०७६ माघ १ बुधबार
UN-SC-Meeting.jpg

एजेन्सी। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा चीनले फेरि एकपटक काश्मिर मुद्दामा छलफल गर्ने प्रस्ताव गरेको छ। न्युयोर्कमा बसेको बैठकमा चीनले उक्त प्रस्ताव लगेको प्रेस ट्रस्ट अफ ईण्डियाले जनाएको छ।

एक अफ्रिकन देशबारे छलफल गर्न बोलाईएको बैठकमा चीनले काश्मिर विषयमा छलफलको कुरा उठाएको हो।

गत बर्षको बैठकमा फ्रान्स र अमेरिकाले दुई देशले आपसमा छलफल गर्नु पर्ने बिषय भनेर पन्छाएको बिषयमा चीनले फेरि एक पटक छलफल गर्न आव्हान गरेको हो।

भारतले अगस्त २०१९ मा जम्मु काश्मिरको बिशेष अधिकार खारेज गर्न संविधानको धारा ३७० खारेज गरे पछि पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेर जम्मु-काश्मिरको बिषय संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा छलफल गर्ने आग्रह गरेका थिए। उक्त आग्रहलाई ट्रम्पले इन्कार गर्दै दुई देशले आपसमा छलफल गर्नुपर्ने बताएका थिए।

सुरक्षा परिषद सदस्यहरुमा चीन बाहेक कुनै पनि राष्ट्रले जम्मु काश्मिरको बिषयमा कुरा उठाएका छैनन्।

पाकिस्तानको अनुरोधमा चीनले जम्मु-काश्मिर मुद्दालाई  सुरक्षा परिषदमा लाने यो दोस्रो प्रयास गरेको छ।

पाकिस्तान अहिले चीनको भरपर्दो साझेदार रहेको छ। चीनले भारतले जम्मु काश्मिरमा गरेको निर्णय गैरकानुनी भएको बताईरहेको छ।

भारतले भने काशिमरको बिषय संविधान संसोधनको मामिला भन्दै यसलाई राष्ट्रसंघीय छलफलको विषय बनाउन असहमती जनाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ