arrow

पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

logo
एएफपी,
प्रकाशित २०७६ माघ २ बिहिबार
putin-sworn.jpg

मस्को। राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन्। रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन्। सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ।

प्रधानमन्त्रीले भने, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु। हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन्।

उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका छन्। “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,” पुटिनले भने। 

उनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गरेका छन भने यसको नेतृत्वका लागि मेदवेदेवलाई नै सुझाव दिएका छन्। एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ