arrow
ADVERTISEMENT

रुसी प्रधानमन्त्री मेदवेदेवको अप्रत्याशित राजीनामा

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
putin-medvedev1.jpg

काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसंग असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् ।

पुटिनले संविधान संशोधनको प्रस्ताव राखेपछि मतभेद बढ्दा मेदवेदेवले पदबाट राजीनामा दिएको बताइएको छ । 

शक्ति पृथकीकरणको सिद्धान्तलाई पुटिनले लत्याउन खोजेको भन्दै मेदवेदेव नेतृत्वको सरकारले राजीनामा दिएको बताइन्छ । 

मेदवेदेवको यो राजीनामालाई अप्रत्यासित मानिएको छ । उनको राजीनामापछि पुटिनले उनलाई राष्ट्रिय सुरक्षा परिषद्को उपाध्यक्ष बनाउने निर्णय गरेका छन् ।

राष्ट्रपति पुटिनले राखेको संविधान संशोधनको प्रस्तावमा जनमत संग्रह गराइने भएको छ ।

यदि यसमा पुटिनको जित भयो भने संसदमा भन्दा राष्ट्रपतिसंग अधिकार धेरै हुनेछ । 

राष्ट्रपतिको रुपमा पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिने भए पनि अहिलेदेखि उनी पाँचौं कार्यकालको तयारीमा छन् ।

अहिलेको संविधानबमोजिम उनी फेरि राष्ट्रपति बन्न सक्ने छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ