arrow

जम्मू–कश्मीरबारे राष्ट्रसंघमा चीनले उठाएको मुद्धामा ‘हात लाग्यो शून्य’

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
UN-SC-Meeting.jpg

काठमाडौं । भारतको जम्मू–कश्मीर मुद्दामा चीनलाई असफलतामात्रै मिलेको छ । संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा चीन र पाकिस्तान बुधबार समर्थन जुटाउन असफल भएका हुन् । 

भारतले उक्त सभामा सम्बन्ध सुधार गर्नका लागि सही मुद्दामा केन्द्रीत हुन आग्रह गरेको छ । युएनएसीसीको बैठकमा कयौं सहभागीले कश्मीर मुद्दा भारत र पाकिस्तानबीचको द्धिपक्षीय मुद्दा भएको बताएका छन् । 

उनीहरुले यो मुद्दा दुई देशको बीचमा वार्ता भएरै सकिने पनि बताएका छन् । बुधबार चीनको दवावमा कश्मीरबारे कुरा गर्न युएनएससीको बैठक डाकिएको थियो । 

उक्त बन्द कोठाभित्र गरिएको बैठकमा सुरक्षा परिषदका स्थायी सदस्यहरुबाहेक अरु कोही सहभागी थिएनन् । 

युएनका भारत प्रतिनिधि सैयद अकबरुद्दीनले भने, ‘हामीले एक पटक फेरि देख्यौं कि एक सदस्य देशको कोशिशको हार भयो । पाकिस्तानले लगातार कश्मीरको विषयलाई लिएर आधारहीन आरोप लगाउँछ । यो दुई पक्षीय तरीकाबाटै समाधान हुनुपर्छ ।’

युएनएससीमा पाँच स्थायी सदस्य देश छन् । जबकि १० निर्वाचित सदस्यका निश्चित कार्यकाल हुन्छ । 

अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन निश्चित स्थायी सदस्य हुन् भने बाँकी चार राष्ट्रले यो मुद्दालाई दुई पक्षीय भनिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ