arrow

बीएण्डसी संचालक प्रसाईलाई पक्रन प्रहरी परिचालन

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
durga-prasai.jpg

काठमाडौं। बीएण्डसी अस्पताल संचालक दुर्गा प्रसाईलाई पक्रन प्रहरी परिचालन गरिएको छ ।  जिल्ला अदालत भक्तपुरले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएसँगै प्रहरी परिचालन गरिएको हो ।

बीएण्डसी अस्पताल संचालक प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको सार्वजनिक गरेका थिए । शिक्षा मन्त्री गिरिराज पोखरेल निकट मानिएका उपध्यक्ष गिरिले मेडिकल कलेज चलाउन घुस मागे पनि आफुले दिन नसक्ने बताएको प्रसाईले काठमाडौमा गरिएको पत्रकार सम्मेलनमा बताएका थिए।

प्रसाई भने सम्पर्क बाहिर रहेकाले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ। नयाँ सरकार बन्नु अघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई घरमा बोलाएर मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले गिरीलाई  पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए।

गिरीले पनि पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।गिरीले प्रसाई बिरुद्ध अदालतमा गाली, बेईज्जती मुद्दा दायर गरेका थिए। आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै गिरीले प्रसाई बिरुद्ध उजुरी हालेका थिए।

उक्त उजुरी पछि सोधपुछका लागि प्रहरीले प्रसाईलाई खोजिरहे पनि नभेटिएको प्रहरी श्रोतले जनाएको छ। अनुसन्धानका लागि सोधपुछ गर्नका लागि उजुरीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ