arrow

'द रक' का बुबा रकी जोनसनको मृत्यु

८० को दशकका चर्चित रेसलर

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
rock1.jpg

काठमाडौं । डब्ल्यूडब्ल्यूई स्टार रकी जोनसनको निधन भएको छ। रकी जोनसन हलिउड सुपरस्टार ड्वेन जोनसनका बुबा हुन्। रकीको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।  तर सामाजिक सञ्जालमा श्रद्धांजलि दिन सुरु भएको छ।

रकी जोनसनले १९८० को दशकमा डब्ल्यूडब्ल्यूईबाट आफ्नो करियर शुरू गरेका थिए । डब्ल्यूडब्ल्यूईमा उनले ठूलो सफलता हासिल गरे र छोटो समयमै उनी डब्ल्यूडब्ल्यूईका दिग्गजहरू माध्ये गनिन थाले। डब्ल्यूडब्ल्यूई संगठनले रकी जोनसनको मृत्युलाई ठूलो क्षति भएको भन्दै शोक व्यक्त गरेको छ।

रकी जोनसनको जन्म २४ अगस्त १९४४ मा क्यानाडामा भएको थियो। कमै उमेरमा उनले राष्ट्रिय कुश्ती एलायन्समा सामेल भए । रकीका तीन सान्तान छन् - ड्वेन, कर्टिस र वान्डा बाउल्स। आफ्नो बुबाले जस्तै, ड्वेनले रिंगबाट आफ्नो क्यारियर शुरू गरे। ड्वेन डब्ल्यूडब्ल्यूई र डब्ल्यूडब्ल्यूएफ मा 'द रक' को नामबाट परिचित थिए।

रकीले टोनी एटलससँग मिलेर डब्ल्यूडब्ल्यूईमा सोल पेट्रोल भन्ने एक टीम गठन गरे। डब्ल्यूडब्ल्यूईमा यो पहिलो अफ्रीकी अमेरिकी टीम थियो र यस टोलीले १९८३ मा चर्चित टीम वाइल्ड सेमोन्सलाई हरायो।

रकीको छोरा ड्वेनको आफ्नै परिचय छ । ड्वेनका प्रशंसकहरू हलिउडमा मात्र नभएर संसारभर रहेका छन् । उनले आफ्नो एक्शनसहित 'जुमन्जी', 'फास्ट एन्ड फ्यूरियस' लगायतका चलचित्रलमा अभिनय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ