arrow

ससद्को गतिरोध चाँडै हट्छ  : अध्यक्ष तिमिल्सिना

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
parlinment-union.png

पर्वत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन्। पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भने। उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गरेका थिए।

अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुङ्गो लाग्ने बताए।

नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताए। स्वर्ण महोत्सवका सबै कार्यक्रम सकिएको आयोजक समितिका सचिव रमेश केसीले कार्यक्रममा जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ