arrow

मेयरकप सत्यवती र उपमेयर निर्मल माविलाई

logo
रासस,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
nike-football.ashx.jpg.jpeg

दमौली। मेयर र उपमेयर कप फुटबल प्रतियोगितामा छात्रमा व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालय र छात्राको उपाधि व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले हात पारेको छ।

व्यास नगरपालिकाद्वारा  पहिलोपटक आयोजित सो प्रतियोगितामा मेयर कप छात्रतर्फ निर्मल माध्यमिक विद्यालयलाई हराउँदै सत्यवतीले र उपमेयर कप छात्रातर्फ सत्यवतीलाई हराउँदै निर्मल माध्यमिक विद्यालयले उपाधि जितेको हो।

मेयरकप छात्रतर्फ व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय द्धितीय र व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ।

उपमेयर कप छात्रातर्फ व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय द्वितीय र व्यास नगरपालिका–१४ केशवटार माध्यमिक विद्यालय तृतीय स्थान प्राप्त गरेका थिए।  प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ३० हजार, रु २० हजार र रु १० हजारका साथै कप र  प्रमाणपत्र प्राप्त गरेका छन् । मेयर कप छात्र फुटबलतर्फ १४ र उपमेयर कप छात्रा फुटबल तर्फ ४ वटा विद्यालयको सहभागिता रहेको थियो।

छात्रतर्फ उत्कृष्ट खेलाडीमा सत्यवतीका अनिष आले, सर्वाधिक गोलकर्ता सत्यवतीकै सफल मल्ल र उत्कृष्ट गोलरक्षक निर्मलका पुजन गोशली घोषित भएका छन्। अनुशासित टिमको उपाधि बालमन्दिर माविले हात पारेको थियो। छात्रातर्फ उत्कृष्ट खेलाडीमा निर्मलकी अस्मि दुलाल, सर्वाधिक गोलकर्तामा निर्मलकै शिला कार्की र उत्कृष्ट गोलरक्षकमा निर्मलकै रेजिना राई घोषित भए। अनुशासित टिमको उपाधि बाराही आवासीय माध्यमिक विद्यालयले जितेको छ।

विजेतालाई बिहीबार गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले पुरस्कार वितरण गरीन। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मीरा जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका क्रियाशील रहेको बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ