arrow

जगतगुरु शिवाचार्यद्वारा क्याम्पसको सुबिधा सम्पन्न भवन बनाउने घोषणा

logo
आशिष् रेग्मी,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
guru1.jpg

नवलपुर। नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु-७ नवलपुरद्वारा पौष २७ गते देखी संचालित पितृ मोक्ष महायज्ञमा आशिरबचन दिने क्रममा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजले नबजागरण बहुमुखी क्याम्पस प्राङ्गणमा सुबिधा सम्पन्न भवन बनाउने घोषणा गरेका छन्।

शिवाचार्यले अबको एक बर्ष भित्र क्याम्पस प्राङ्गणमा भबन निर्माणको काम थालिने र भवनको उदघाटन गर्न आफू स्वयम् उपस्थित हुने घोषणा गरेका हुन्। महायज्ञको कार्यक्रममा जगतगुरु शिवाचार्यको दर्शनको लागि समय छुट्टाईएको थियो। जाडो मौसममा निरन्तरको बर्षा भएपनी मौसमको प्रवाह नगरी महायज्ञमा भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

शिवाचार्यद्वारा महायज्ञको शनिवारको कार्यक्रममा पनि भक्तजनलाई दर्शन दिने कार्यक्रम रहेको क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताएका छन्। दर्शन गर्ने भक्तजनलाई शिवाचार्यले केदारनाथको प्रशाद स्वरुप रुद्राक्ष प्रदान गरिएको थियो। 

महायज्ञको पाचौं दिन शिवाचार्य सङ्गै स्वामि सोमबाबाको पनि विशेष उपस्तिथि रहेको थियो। सोमबाबाले महायज्ञमा १ लाख गिताको पुस्तक बितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ। शुक्रवारको कार्यक्रममा सामुदायिक बन महासंघ मध्यबिन्दुका अध्यक्ष होमनाथ पान्डेले महायज्ञलाई महासंघको तर्फबाट करिब ५६ लाख सहयोगको घोषणा गरेका थिए। मध्यबिन्दु बन महासंघ सङ्गै विभिन्न ब्यक्तित्व तथा संघ संस्थाहरुले चन्दा रकमको घोषणा गरेका थिए।

महायज्ञको पाचौं दिन सम्म आउदा करिब ५ करोड दान रकम संकलन भएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले बताए। माघ ०६ गते सम्म संचालन हुने महायज्ञमा अल्पाआयुमै मृत्युबरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवलि सहितको बिशेष पुजा र समस्त पितृको मुक्तिका लागि विशेष पुजा भईरहेको जनाईएको छ। क्याम्पसको शैक्षिक उन्नयनका निमित्त आयोजित महायज्ञ भागवत अलङ्कार पदबिले बिभुषित पं नेत्र प्रसाद पराजुलिज्युको प्रमुख बाचकत्वमा संचालन भईरहेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ