arrow

चिसोमा सिटिजन्स बैंकद्बारा विपन्नलाई कम्बल वितरण

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
citizen-bank-international.jpg

काठमाडौं। देशभर बढ्दो चिसोका कारण जनजिवन कष्ठकर हुदैँगर्दा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  सिरहाको भवानीपुर गाउँपालिका ठाडी टोल, नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल प्रदान गरेको छ । 

एक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कपडाको अभावमा चिसो सहन बाध्य रहेका सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई १ सय ५० थान कम्बल वितरण गरेको बैंकले जनाएको छ।

शितलहरका कारण हरेक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रेर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न कम्बल वितरण गरिएको बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ