arrow

माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
Nepal_academy.jpg

काठमाडौं। नेपाल–प्रज्ञा प्रतिष्ठान र युवा परिषद्को आयोजनामा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने भएको छ। महोत्सवमा सातै प्रदेशबाट युवा गजलकारहरूको सहभागिता रहने छ। अग्रज गजलकार अतिथिका रूपमा सहभागी हुने छन्। उद्घाटन सत्रमा करीब एक हजार ४०० जना गजलप्रेमीको र गोष्ठी सत्रमा ३०० गजलकार, गजलविज्ञ र समीक्षकहरूको सहभागिता रहने प्राज्ञ डा देवी नेपालले जानकारी दिए। महोत्सवका लागि ५५ सदस्यीय तयारी समिति गठन गरिएको छ। तयारी समितिको विस्तारित बैठकबाट कार्यक्रमको स्वरूप तयार पारिएको छ।

कार्यक्रमको तयारीका लागि समितिका सबै सदस्य सक्रिय भइसकेको नेपालले बताए। महोत्सवमा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा आधुनिक नेपाली गजल र प्रज्ञा नेपाली बालगजल दुई कृतिको विमोचन गर्ने कार्यक्रम रहेको छ। सातै प्रदेशका गजलकारहरूको गजलवाचन, वरिष्ठ गायकबाट गजलगायन, गजलसम्बन्धी कार्यपत्रको प्रस्तुति गरिने छ। गजलसम्बन्धी बहस, गजलसम्बन्धी सातै प्रदेशको प्रतिवेदन प्रस्तुति, अग्रज गजलकारको गजलवाचन र महोत्सव घोषणापत्र जारी गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ