arrow

भारतीय हस्तक्षेपका ब्यथा 'पुनर्वास' मा ल्याउदै वाग्ले

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
sarbagya-wagle.jpg

 पुनर्वास । सुदुर पश्चिम कञ्चनपुरको पुनर्वासमा हुर्किएर रोजाईको लागि अमेरिका पुगेका युवा साहित्यकार सर्वज्ञ वाग्लेले 'पुनर्वास' उपन्यास सार्वजनिक गर्ने तयारी गरेका छन् । गैर आवासीय संघ एन आर एन अमेरिकाका उपाध्यक्ष समेत रहेका युवा साहित्यकार वाग्लेले यस अघि जुवाघर (हाँस्यव्यंग्य) , क्यासिनो (कथा संग्रह) ,युधिष्ठिर (कथा संग्रह), सॉढे (हाँस्य व्यंग्य) गरि ४ वटा कृति लोकप्रिय बनेका थिए ।

जुवाघर , क्यासिनो , युधिष्ठिर र साँढेको सफलता पछि  लेखक वाग्लेले आफ्नो नयाँ कृति 'पुनर्वास' सार्वजनिक गर्ने तयारी गरेका छन् । नेपाल माथी भारतद्वारा हुँदै आएको  अनधिकृत हस्तक्षेप हरु माथी केन्द्रित बिषय बस्तु हरु लेखक वाग्लेले कथामा उजागर गरेका छन् ।

 भारतले नेपालको सीमा अतिक्रमण र सीमामा नेपालीहरुले भोग्दै आएका  ज्यादतीका घटनाहरुलाई कथामा समेटेर  साहित्यकार वाग्लेले  ‘पुनर्वास’ नाम उपन्यास सार्वजनिक गर्दैछन् । १ फेव्रुअरि २०२० अर्थात माघ १८ गते १२ वजे प्रज्ञा भवनमा उपन्यास पुनर्वासको विमोचन गर्ने तयारी गरिएको छ । बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टा उपन्यास पुर्नवास भित्र पढ्न पाइन्छ ।

अमेरिकाको ब्यस्त जीवन शैलीमा पनि भारतीय दादागिरीलाई नेपालमा रहँदा नजिकैबाट नियालेका सवज्ञले उपन्यासका मार्फत भण्डाफोर गर्ने प्रयत्न गर्दैछन् । पुनर्वासको मात्र नभई ग्रेटर नेपाल,लिपुलेक,लिम्पिया धुरा लगायतको नेपालले गुमाएको भूमिलाई समेटेर लेखिएको उपन्यासमा लेखक वाग्लेले बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टालाई यसै उपन्यास मार्फत बाहिर ल्याउने कोशिस गरेको 'पुनर्वास'का लेखक सर्वज्ञ वाग्लेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ