arrow

संसद अवरुद्ध हुनु नेकपाको अकर्मण्यताको परिणाम

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
congress-samsadiya.JPG

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध हनु नेकपाको अकर्मण्यताको परिणाम भएको बताएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठकले  पुष ४ बाट प्रारम्भ गर्न आव्हान गरिएको संसद अधिवेशन लगभग एक महिना वितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम हो भनेको छ ।

संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्था प्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको दलको ठहर छ ।

सो गैरजिम्मेवार क्रियाकलापप्रति नेपाली कांग्रेस संसदीय दललेआपत्ति प्रकट गरेको छ  ।  तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न दृढतापूर्वक माग गरेको छ । प्रतिनिधि सभाको आगामी पौष ६ गते बस्ने बैठकलाई सुचारु गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न कांग्रेस संसदीय दलको माग छ ।

साथै  नेपालको संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा नेपाली कांग्रेस संसदीय दलले आफ्नो अडान राख्दै सोही मुताविक गर्न माग गरेको छ ।

यही माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको संघीयता विरोधी रवैयालाई मतदानका माध्यमबाट यथोचित जवाफ दिन र  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दलहरु र मतदाताहरुलाई  नेपाली कांग्रेस संसदीय दले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ